• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन ★   शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई स्पष्टीकरण ★   मन्त्रिपरिषद्को बैठक: सचिव पदमा लम्सालको बढुवा,चैते धानको मूल्य निर्धारण  ★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी

साउदी कुटनीतिज्ञको यौन शोषणमा यसरी परे नेपाली चेली



काठमाडौं, भदौ २५ । लोग्नेको मृत्युपछि मोरङकी ५० वर्षीया रमा (नाम परिवर्तन)मा जिम्मेवारी बढ्यो । दुई बच्चाको पालपोषण गर्न उनी साउदी अरेबियामा घरेलु कामदारमा जाने निर्णयमा पुगिन् । नेपाली एजेन्टले दुई लाख रुपैयाँसम्म मासिक तलब हुने आश्वासनसमेत रमालाई दिए ।

रमाजस्तै बागलुङकी ३० वर्षीया साइली (नाम परिवर्तन)को परिवारमा पनि गरिबीको पीडा थपिएको थियो । लोग्नेको एपेन्डिसाइट अप्रेसन ऋण खोजेर गरिन् । एउटा बच्चाकी आमा साइलीलाई लोग्नेको अप्रेसन गर्दाको ऋण र परिवार धान्नुपर्ने जिम्मेवारी आएपछि विदेश जाने सोचमा पुगिन् ।

गत वैशाखमा काठमाडौंमा रमा र साइलीले नेपाली एजेन्टसँग भेट गरे । एजेन्टले जेठ ४ गते सडक मार्ग हुँदै भारतको दिल्ली पुर्‍याए ।

दिल्लीबाट मुम्बईको एक होटलमा १५ दिन उनीहरूलाई राखियो । प्रहरीसँगको बयानमा रमा र साइलीले दिल्लीस्थित साउदीका दलाल र साउदी दूतावासका कूटनीतिज्ञसँगको साँठगाँठपछि कूटनीतिज्ञले साउदी लिएर गए ।

साउदीमा होटलमा राखिएका उनीहरूमाथि लगातार यौनशोषण भयो । काम गर्ने भन्दै घरमा पुर्‍याएपछि एक महिनासम्म उनीहरूले घरमालिक मात्रै नभई आफन्तसम्मको ‘ग्याङरेप’को सिकार हुनुपर्‍यो । साउदीमा एक महिनासम्म निरन्तर यौनशोषण भएपछि तिनै कूटनीतिज्ञले गत असारको मध्यतिर भारत फर्काए ।

भारतको गुडगाउँस्थित घरमा राखिएका रमा र साइँली पुनः यौनहिंसाको सिकार हुनुपर्‍यो । ती कूटनीतिज्ञले पनि यौनशोषण गरे । सामान्य लेखापढ मात्रै भएका रमा र साइलीको कमजोरीको फाइदा उठाउँदै कूटनीतिज्ञले साउदी अरेबियाको जेदादेखि भारतको गुडगाउँ र नैनितालसम्म पुर्‍याएर यौनशोषण गर्न थाले ।

भारतीय प्रहरीको सहयोगमा बिहीबार अपराह्न भारतबाट एयर इन्डिगोमार्फत नेपाल फर्काएका रमा र साइलीलाई त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलबाट सोझै केन्द्रीय अनुसन्धान ब्युरोमा पुर्‍याइएको समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छापिएको छ ।

हामीले साउदी र भारतमा नर्कको जीवन बिताउनुपर्‍यो । अरू नेपाली महिलाले यस्तो भोग्नु नपरोस्’, रमा र साइलीले प्रहरीसमक्ष भनेका छन् ।

उनीहरूको शरीरभर नीलडाम छ । ‘हामीहरूले दर्दनाक पीडा र यौनशोषणको सिकार हुनुपरेको पीडा सुन्यौं । नेपालबाट भारत पठाउने दलालको खोजी गर्छौ’ ब्युरोकी प्रवक्ता एसपी किरण बज्राचार्यले भनिन् ।

रमा र साइलीका अनुसार दिल्ली प्रहरीले कडाइ गरेपछि दलालले श्रीलंका हुँदै साउदीमा युवती तस्करी गर्दै आएका छन् । श्रीलंकामा थुप्रै युवतीलाई यसैगरी बन्धक बनाइएको जानकारी पनि उनीहरूले दिएका छन् ।