३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

राष्ट्रपतिदेखि पियनसम्मको भ्रमण भत्ता बढ्यो

राष्ट्रपतिदेखि पियनसम्मको भ्रमण भत्ता बढ्यो
अ+ अ-

काठमाडौं, भदौ २५ । राष्ट्रपतिदेखि कार्यालय सहयोगीसम्मको स्वदेश तथा विदेश भ्रमण भत्ता बढेको छ । सरकारले भ्रमण खर्च नियमावली संशोधन गरी भ्रमण खर्च ७५ प्रतिशतसम्म बढाएको हो ।

भत्ता वृद्धिसँगै सरकारलाई साधारण खर्चको दायित्व बढ्नेछ । मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिको बुधबारको बैठकले भ्रमण भत्ता नियमावली संशोधन प्रस्ताव पारित गरेको हो । अब पदाधिकारी तथा कर्मचारीले भ्रमण तथा काजमा जाँदा नयाँ दरमा दैनिक भत्ता र होटेल बास खर्च पाउनेछन् ।

प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले विदेश भ्रमण खर्च मूल्यवृद्धिको अनुपातसँग समसामयिक बनाइएको बताए । नयाँ नियमावलीले भ्रमण भत्ता व्यवस्थित गरेको सुवेदीको दाबी रहेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

‘स्वदेश भ्रमणमा दैनिक भत्ता दरमा होटेल बाससमेत समायोजन भएको र भत्तालाई मूल्यवृद्धिको अनुपातसँग मिलाइएको छ,’ सचिव सुवेदीले भने, ‘यसले होटेलमा बस्दैनबसी नक्कली बिल पेस गर्ने विकृति अन्त्य गर्नेछ ।’

महालेखा परीक्षक कार्यालयले हरेक वर्षको प्रतिवेदनमा भ्रमण खर्चमा अनियमितता हुने गरेको उल्लेख गर्दै यसलाई रोक्न सरकारलाई निर्देशन दिँदै आएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा पनि केही सरकारी कर्मचारीले होटेलमा बस्दैनबसी नक्कली बिल पेस गरेर भत्ता बुझेको फेला परेको थियो । अख्तियारको कारबाहीबाट बच्न कर्मचारीले भत्ता फिर्ता गरेका थिए ।