• १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
  •   Unicode
Logo

सप्तरीमा दंगाग्रस्त क्षेत्र घोषणा



फाइल फोटो

सप्तरी, भदौ २५ । जिल्ला सुरक्षा समिति सप्तरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत कोसी ब्यारेजदेखि कमला बलानसम्म दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ ।

प्रजिअ वीरेन्द्र यादवको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो । प्रजिअ यादवका अनुसार पूर्वपश्चिम राजमार्गको पूर्वमा कोसी ब्यारेजदेखि पश्चिममा कमला बलान र कदमहादेखि उदयपुर जाने बाटाको आसपास क्षेत्रमा विहीबार राति १० बजेदेखि अर्को आदेश नभएसम्म दंगाग्रस्त क्षेत्र घोषणा गरिएको हो ।

तीन दिनदेखि मधेसी दलका कार्यकर्ताले हिंसात्ममक प्रदर्शन, आगजनी र पूर्वपश्चिम राजमार्गका ठाउँ ठाउँमा ढुंगा र रुख ढालेर सडक अवरुद्ध गरेका छन् । राजमार्गका विभिन्न ठाउँमा अहिले हजारौँको संख्यामा सवारी साधन पूर्वको इटहरी र पश्चिमको लहानमा अलपत्र परेका छन् । रासस