९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमाबाबुले छाड्दा तीन छोरीको विचल्ली



अ+ अ-

जाजरकोट, भदौ २५ । जाजरकोटको भुर गाविस–२ पोख्राका मनवीर विकका तीन छोरीको विचल्ली भएको छ ।

आमाबाबुले छोरीहरुको बेवास्ता गर्दा विचल्ली परेको ठूला बाबु देवबहादुर विकले बताएका छन् । नौ वर्षीया छाया विक, चार वर्षीया शारदा विक र दुई वर्षीया सुमित्रा विककी आमा चन्द्रकला र बाबु मनवीर विकले वास्ता नगर्दा पढ्न लेख्नबाट वञ्चित हुनुका साथै आमाबाबुको मायाबाट वन्चित भएका छन् ।

आमाबाबु भारत गएको ती बालिकालाई थाहा छ, अरु केही पनि थाहा नभएको छाया विकले बताइन् । आर्थिक अवस्था कमजोर भएका कारण उनीहरु भारत गएर आफूहरु पालिने छोरीहरुलाई माइती र ठूलो बाबुकहाँ छाड्ने गरेका छन् । मावली पक्षको आर्थिक अवस्था कमजोर भएका कारण उनीहरु विद्यालय जान नपाएको स्थानीयवासीले बताएका छन् ।

छाया ठूलो बाबु देवबहादुरसँग बस्ने गरेको भए पनि आर्थिक अवस्था कमजोर भएका कारण उनीहरुलाई विद्यालय पठाउन नसकेको देववहादुरले बताएका छन् ।

सबै साथी विद्यालय जाँदा आफूलाई पनि जान मन लागे पनि कापी, कलम र झोला किन्ने पैसा कसैले नदिँदा विद्यालय जान नपाएको छायाले पीडा सुनाएकी छन् ।

भारत जाने र आउने अनि दुई चार दिनमात्र बस्ने मनवीर दम्पतीले छोरीहरुलाई कहिल्यै पनि वास्ता नगरेको मावली पक्षले बताएका छन् । अर्काको सहारामा बाँचेका यी बालिकाहरु माटो खेल्ने, जुठा भाँडा माझ्ने काम गरिरहेको स्थानीयवासीले बताएका छन् ।

अहिले सात वर्षदेखि उनीहरु घरमा आएर बसेका छैनन् । छोरीहरु दुई वर्षको हुनासाथ अर्काको जिम्मा लगाएर भारत जाने र आफूमात्र पालिने गरेका छन् । रासस