२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षा खतरा सामना गर्न सेना तयार : प्रधानसेनापति



अ+ अ-

काठमाडौं, भदौ २६ । । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पदभार ग्रहण गरेको भोलिपल्ट शुक्रबार देशभरका सबै युनिटलाई सम्बोधन गर्दै परिवर्तित परिस्थितिमा थपिएको सुरक्षा चुनौती सामना गर्न एकजुट भएर काम गर्न निर्देशन दिएका छन् । प्रधानसेनापतिले संविधान जारी भएपछि राजनीतिक स्थिरता आउनेसमेत अपेक्षा गरेका छन् ।

सैनिक मञ्च टुँडिखेलबाट सेनाका पृतना, बाहिनी, गण, गुल्म तथा शिक्षालयलगायत एक सय ३६ स्थानमा एकैसाथ लाइभ मल्टिकास्ट गरिएको सम्बोधनमा क्षेत्रीले बाह्य र आन्तरिक सुरक्षा वातावरण अस्थिर, अनिश्चित, जटिल र अस्पष्ट रहेको र यसका प्रभाव नेपालको राष्ट्रिय सुरक्षामा समेत परिरहेको भन्दै सेना यसको सामना गर्न तयार रहेको बताएका समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

उनले संविधानद्वारा निर्दिष्ट महत्वपूर्ण राष्ट्रिय हितविरुद्ध उत्पन्न हुनसक्ने आन्तरिक र बाह्य सुरक्षा खतरा तथा चुनौतीको प्रभावकारी ढंगले सामना गर्न सेना तयार रहेको बताएका थिए ।

प्रधानसेनापति क्षेत्रीले अहिले मुलुक जटिल चुनौतीको दोसाँधमा उभिएको र वीर पुर्खाले निर्माण गरेको मजबुद जगमा उभिएर राज्यका सबै शक्ति संयन्त्रसँग हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

आफ्नो कार्यकालमा सेनालाई पेसागत सैनिक तालिम, हातहतियार तथा उपकरणको उपलब्धता, अपरेसनल तयारी, उच्च हौसला तथा अनुशासनमार्फत अझ संगठित, सुदृढ र सबल बनाइनेसमेत क्षेत्रीले प्रतिबद्धता गरेका छन् । प्रधानसेनापतिसँग शुक्रबार रक्षासचिव ईश्वरी पौडेलले भेटवार्ता गरेका छन् ।

यसैगरी नेपालका लागि भारतीय राजदूत रणजित रेले पनि प्रधानसेनापतिलाई जंगीअड्डामा भेटेर बधाई दिएका छन् । क्षेत्री भारतीय सेनाका पनि मानार्थ प्रधानसेनापति हुन् ।