२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दरबारमार्गको केएफसी फेरि खुल्यो



अ+ अ-

काठमाडौं, भदौ २६ । वैशाखदेखि अनिश्चितकालका लागि बन्द बहुराष्ट्रिय कम्पनी केन्टुकी फ्राइड चिकेन (केएफसी) को नेपालस्थित बिक्री केन्द्र खुलेको छ । मजदुर–व्यवस्थापनबीचको विवादले बन्द केएफसी शुक्रबारदेखि पुनः सञ्चालनमा आएको हो ।

केएफसीका व्यवस्थापक देवयाणी इन्टरनेसनल नेपाल प्रालिका निर्देशक रोहित कोलीले केएफसी पुनः सञ्चालनमा ल्याउन पाउँदा उत्साहित भएको बताए । उनले केएफसीको ब्लुबर्ड मलस्थित बिक्री केन्द्र पनि दुई साताभित्रै सञ्चालनमा ल्याइसक्ने जानकारी दिए ।

‘अब केएफसी नियमित रूपमा सञ्चालनमा आइसकेको छ । बिहान ११ बजेदेखि राति ११ बजेसम्म केफएसी खुला रहन्छ,’ कोलीले भने, ‘जे विवाद थियो, त्यो समाधान भइसकेको छ । केएफसी पुनः सञ्चालनमा आउँदा व्यवस्थापनका साथै कर्मचारीसमेत खुसी छन् ।’

व्यवस्थापनले मजदुर तथा कर्मचारीबाट सुरक्षा खतरा भएको भन्दै दरबारमार्गस्थित केएफसी र पिज्जाहट तथा ब्लुबर्ड मलस्थित केएफसी र पिएचडी रेस्टुराँ ३० वैशाखदेखि अनिश्चितकालका लागि बन्द गरेको थियो । बन्द भएको झन्डै साढे चार महिनापछि केएफसी पुनः सञ्चालनमा आएको हो । पिज्जाहट र पिएचडी भने सधैँका लागि बन्द गरिएको कोलीले जानकारी दिए ।

व्यवस्थापनले श्रम कार्यालयबाट कर्मचारी कटौतीको स्वीकृतिसमेत लिइसकेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

सोहीअनुसार पिज्जाहट र पिएचडी बन्द हुँदा कर्मचारीसमेत कटौती गरिएको छ । तर, के–कति कर्मचारी कटौती गरिएको भन्ने व्यवस्थापनले जानकारी दिएको छैन । यसअघि केएफसी, पिज्जाहट र पिएचडीमा गरी एक सय ५६ जना कर्मचारी कार्यरत थिए ।

व्यवस्थापनले पोखरामा समेत केएफसीको चेन सञ्चालनमा ल्याउनेबारे गृहकार्य थालेको छ । ‘पोखरामा पनि केएफसीको चेन खोल्नेबारे व्यवस्थापनले सोचिरहेको छ,’ निर्देशक कोलीले भने, ‘उपयुक्त समय आएपछि केएफसी पोखरामा पुग्नेछ ।’

अमेरिकी ब्रान्ड केएफसी सन् २००९ को अक्टोबरदेखि काठमाडौंको दरबारमार्गमा सञ्चालनमा आएको हो ।