• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo

‘खुसी’लाई मदन पुरस्कार



काठमाडौँ, भदौ २५ । मदन पुरस्कार गुठीबाट हरेक वर्ष प्रदान गरिने मदन पुरस्कार पत्रकार विजयकुमारद्वारा लिखित ‘खुसी’ संस्मरणात्मक कृतिलाई दिइने भएको छ । गुठीको शुक्रबार बसेको साधारणसभाले सो निणर्य गरेको हो ।

त्यसैगरी जगदम्बाश्री पुरस्कार आजीवन नेपाली भाषा र शिक्षामा अतुलनीय योगदान पु¥याएबापत अंगुरबाबा जोशीलाई प्रदान गर्ने निर्णय गरिएको गुठीका अध्यक्ष कमलमणि दीक्षितले जानकारी दिए ।

पुरस्कारको राशी जनही दुई लाख रुपैयाँ रहेको छ । सो पुरस्कार आगामी असोज २७ गते प्रदान गरिने छ ।

गुठीले २०१२ सालदेखि यी दुवै पुरस्कार प्रदान गर्दै आएको छ ।