९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानसभामा फर्कने राप्रपा,नेपालको निर्णय



अ+ अ-

काठमाडौँ,  भदौ २६। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभाको संविधान निर्माण प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यसमितिको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । “अन्तिमसम्म हाम्रा मुद्दाको रक्षाका लागि संविधानसभालाई उपयोग गरेर जान बाँकी प्रक्रियामा सहभागी हुने निर्णय गरेका हौँ, यससम्बन्धी अध्यक्ष कमल थापाको प्रस्ताव बैठकले पारित गरेकाले आइतबारदेखि सभाका प्रक्रियामा सामेल हुनेछौँ”– उनले भने ।
बुधबार सभाको बैठकबाट बाहिरिएको राप्रपा नेपाललाई प्रक्रियामा फर्कन सरकार र तीन ठूला दल नेपाली काँग्रेस, नेकपा एमाले एवम् एनेकपा माओवादीले लिखित आग्रह गरेका थिए । रासस