• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   राप्रपाले निकाल्यो देशभर मसाल जुलुस, गृहमन्त्रीको राजीनामा माग (फोटो फिचर) ★   आमा को हुन् ?  ★   सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित ★   ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित ★   ‘बोक्सीको घर’ प्रदर्शनमा, उत्साहजनक ओपनिङ ★   बहुआयामिक व्यक्तित्व पूर्वमुख्यसचिव स्वर्गीय शाक्य  ★   वन डढेलो र आगलागी नियन्त्रणका लागि सकृय बन्न ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रीको… ★   किसानको पीडा: आगोले गहुँबाली खायो, अब हामीले के खाने ! ★   इलाम २ उपनिर्वाचन: ४८० सेना, सशस्त्र प्रहरी ७१० र १३ सय ६३ जना नेपाल प्रहरी… ★   मेयर बालेनले ल्याए कविता संग्रह

अर्थपूर्ण वार्ता गर : संयुक्तराष्ट्रसंघ महासचिव बान



काठमाडौँ,  भदौ २६ । संयुक्त राष्ट्रसङ्घका महासचिव बान की—मुनले नेपालमा पछिल्लो समय देखिएको हिंसा र जनधनको क्षतिप्रति चिन्ता व्यक्त गर्दै अर्थपूर्ण वार्ता गर्न सबै सरोकारवाला पक्षलाई आग्रह गरेका छन् ।
महासचिव बानले संविधान निर्माण प्रक्रियाको अन्तिम चरणमा रहेको नेपालको पछिल्लो घटनाक्रमलाई आफूले नजिकबाट नियालिरहेको आफ्ना प्रवक्ता स्टेफान डुजारिकमार्फत शनिबार पत्रकारहरुलाई न्यूयोर्कमा जानकारी गराएका छन् ।
नेपालका प्रमुख राजनीतिक दलले संविधानको मतदान प्रक्रिया केही दिन रोकेकोमा त्यसको स्वागत गर्दै यो मौकालाई सबैपक्षले सदुपयोग गर्न पनि महासचिव बानले आग्रह गरेका छन् । उनले वार्ता र अहिंसाको माध्यमबाट समाधान निकाल्न आग्रह गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन र भेला हुन पाउने स्वतन्त्रताको सम्मानमा पनि जोड दिएका छन् ।