३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

अस्पताल लैजान नपाएर सुत्केरीको मृत्यु

अस्पताल लैजान नपाएर सुत्केरीको मृत्यु
अ+ अ-

गौशाला, भदौ २७। महोत्तरीमा विगत छ दिनदेखि जारी अनिश्चितकालीन निषेधाज्ञाका कारण अस्पताल लैजान नपाएर गएराति एक सुत्केरीको मृत्यु भएको छ ।

निषेधाज्ञाका कारण समयमा सुत्केरीलाई अस्पताल पु¥याउन नसक्दा जिल्लाको कोल्हुवाबगेया गाविसका रञ्जीत पण्डितकी श्रीमतीको मृत्यु भएको स्थानीयवासी जीतेन्द्रकुमार मण्डलले बताउनुभयो ।गएराति करिब ११ बजेतिर प्रशव पीडा सुरु भएको उनलाई जिल्ला अस्पताल जलेश्वरमा ल्याउन कुनै पनि एम्बुलेन्स नपाएको र निषेधाज्ञाका कारण निजी गाडीले जान नमानेपछि उनका ससुरा रामभरोस पण्डितले बुहारीलाई टायरगाडामा राखेर अस्पताल लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको जनाइएको छ ।

भागदौडमा वृद्धको मृत्यु

प्रहरी आइरहेको देखेर भागदौड गर्दा शनिबार साँझ महोत्तरीको जलेश्वर नगरपालिका वडा नं १४ बखरीमा एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको फुल्हटा परिकौली गाविस– ८ बस्ने ६५ वर्षीय हकिम अन्सारी रहेका छन् ।

आफ्नो छोरीको गाउँमा गएका वृद्ध अन्सारीले शनिबार साँझ स्थानीयवासीसँगै बखरी चोकमा बसिरहेकामा जिल्ला सदरमुकाम जलेश्वरबाट तीव्र गतिमा गएको प्रहरीको भ्यान देखेर गाउँलेसँगै भाग्न खोज्दा उनको लडेर सोही स्थानमा मृत्यु भएको थियो ।

प्रहरीको भ्यान आइरहेको देखेर आत्तिएर भाग्न खोजेका अन्सारी तीव्र गतिमा दौडन नसकेर उनी लडेका थिए भने लड्नासाथ उनको हृदयघातबाट घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

अहिले उनको शव परिवारजनले आफ्नो गाउँ फुल्हटा परिकौलीमा लगिएको छ । रासस