२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्पपीडितलाई मंसिरसम्म यथास्थानमा बस्न आग्रह



अ+ अ-

रसुवा, २८ भदौ । भूकम्पपछि रसुवामा गाउँ छोडी अन्यत्र बसेका विस्थापित परिवारलाई मंसिरसम्म यथास्थान नछाड्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार पुनर्वासको खाका नआउनजेल मंसिरसम्म हाल बसिरहेकै स्थान नछोड्न विस्थापित सबैसँग आग्रह गरिएको हो ।

भूकम्पपछि हाकु क्षेत्रका ७५१ घर परिवार विस्थापित हुन पुगेको र ती विस्थापितहरु धुन्चे, धैबुङको कालीका स्थान र बेत्रावती जिल्लाको क्षेत्रमा टहरा बनाई अस्थायी बसोबास गरिरहेको हाकु गाविसले जनाएको छ ।

एन्टोना फाउन्डेसनले आइतबार सम्पन्न गरेको टड्कारो समस्या र राहत वितरणको प्रणाली विषयक अन्तरक्र्रियामा विस्थापित परिवारले टहरोभित्रको बसाइँ असहज भएको र वर्षायाम पनि सकिन लागेकाले परिस्थिति क्रमश सहज हुन गएका कारण आवास पुनःनिर्माण गरी आफ्नो थातथलोमा बस्न जान पाउनु पर्ने धारणा राखेका थिए ।