९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवलपरासीमा निषेधाज्ञाको समय भदौ ३१ सम्मलाई थप



अ+ अ-

नवलपरासी, भदौ २८ । नवलपरासीमा स्थानीय प्रशासनले लगाउँदै आएको निषेधाज्ञा (निषेधित क्षेत्र)को समयावधि यही भदौ ३१ गते राति १० बजेसम्मका लागि थप गरेको छ ।

यसअगावैको समय सकिएपछि आजबाट निषेधाज्ञाको समय भदौ ३१ गते राति १० बजेसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए ।

यस पटकको समय अवधि थप भएसँगै पाँचौँपटक निषेधाज्ञाको समय बढाइएको हो । प्रशासनले नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकसम्मको पूर्वपश्चिम राजमार्ग र दायाँबायाँ ५०० मिटर, परासीको मुख्य बजारदेखि सुनवल सडकसहित दायाँबायाँ ५०० मिटर क्षेत्रमा निषेधाज्ञा जारी गर्दै आएको छ ।

स्थानीय प्रशासनले पहिलोपटक भदौ १३ गतेसम्म र दोस्रोपटक भदौ १६ गते, तेस्रोपटक भदौ १६ सम्म, चौथोपटक भदौ २७ गते र पाँचौँपटक भदौ ३१ गतेसम्मलाई निषेधित क्षेत्रका समय अवधि थप गरेको छ ।

संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण एक महिनादेखि जिल्लाको सदरमुकाम परासीसहित दक्षिण क्षेत्रमा यातायात, उद्योग व्यवसाय, शैक्षिक संस्था, वित्तीय संस्था बन्द हुँदै आएका छन् ।