१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्मरिपेक्षताको प्रस्ताव बहुमतले पारित, कमल थापाको माग अस्वीकृत



अ+ अ-

काठमाडौं, भदौ २८ । ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि सदस्यहरुबाट प्राप्त संशोधनहरुलाई संविधानसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने क्रम जारी रहेको छ ।

सो धारामा प्रमुख तीन राजनीतिक दलका तर्फबाट प्रस्तुत भएको ‘धर्मनिरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ’ भनिएको संशोधन प्रस्ताव पारित भएको हो ।

सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुुँदा दुई तिहाइ बहुमतले स्वीकृत गरेको छ । स्वीकृत भएसँगै सो पारित प्रस्ताव विधेयकको अंग बनेको घोषणा गरियो ।

नेपाल स्वतन्त्र, अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म्निरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । सो धाराका बारेमा २१ वटा संशोधनहरु परेका थिए ।

उक्त विधेयकको धारा एक र दुईमा कसैको संशोधन नभएकाले संविधानसभाको सोमबारको बैठकमा सर्वसम्मतरुपमा पारित भएको थियो ।

प्रमुख तीन दलको संशोधन प्रस्तावलाई बैठकले स्वीकृत गरेकाले विधेयकको धारा ३ दुई तिहाई बहुमतका आधारमा पारित भयो ।

सोमबारको बैठकको प्रारम्भमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ को धारा ४ माथि सदस्यहरुले दर्ता गराएको संशोधनको प्रस्ताव निर्णयार्थ पेस गरे ।

सो क्रममा दीपक बोहरा, रामकुमार राई, शिवलाल थापाले पेस गरेको संशोधन प्रस्तावलाई बैठकले बहुमतले अस्वीकार गरेको थियो ।

उक्त धाराको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राखेको नेपाल स्वतन्त्र अभिभाज्य, सार्वभौमसत्ता सम्पन्न, समावेशी, प्रजातान्त्रिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य हो भनेर राखेको प्रस्तावलाई पनि बैठकले अस्वीकार गरेको थियो ।

सो प्रस्तावलाई ध्वनि मतका आधारमा बहुमतले अस्वीकार गरेपछि अध्यक्ष थापासहित राप्रपा नेपालका सभासदहरु आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।

सोलगत्तै सभाध्यक्ष नेम्वाङले कुल सदस्य संख्याको कम्तीमा दश प्रतिशत सदस्यहरु उभिएर समर्थन जनाउनुपर्नेमा त्यो संख्या अपुग भएकाले प्रस्ताव अस्वीकृत भएको र मत विभाजन गरिरहनु नपर्ने जानकारी गराएका थिए ।

सो धाराका बारेमा यशोदाकुमारी लामा, भाष्कर भद्रा, कुमार खड्का, हरिचरण साह, अनुराधा थापा मगरका संशोधन प्रस्ताव अस्वीकृत भएको थियो । संविधानसभाको बैठक जारी छ ।