९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्म निरपेक्षता ब्याख्यासहित, झण्डा यथावत्, काँग्रेस-एमाओवादीका सभासद्ले प्रस्ताव फिर्ता लिए



अ+ अ-


काठमाडौं, भदौ २८ । संविधानसभा बैठकले नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ का २४ वटा धाराहरु पारित गरेको छ ।
नयाँ बानेश्वरमा सोमवार विहानैदेखि बसेको संविधानसभा बैठकले संविधानको धारा १ देखि १४ सम्मका धाराहरु पारित गरेको हो । आइतवार १ देखि ३ सम्मका धाराहरु पारित भएका थिए ।
संविधानको धारा ४ मा अब नेपाल धर्मनिरपेक्ष रहने व्यवस्था गरिएको छ । तीन दलको संशोधनमा धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलि आएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ’ भनिएको छ । राप्रपा नेपालका कमल थापा लगायतले राखेको संशोधन प्रस्ताव भने संविधानसभाको बहुमतले अस्वीकृत गरेको थियो । साथै यसलार्इ संविधान विधेयकको अंग बनेको प्रस्ताव स्वीकृत भएको छ ।
धारा ७ मा नेपाली भाषा सरकारी कामकाजको भाषा हुने उल्लेख छ । धारा ८ मा अहिलेकै राष्ट्रिय झण्डालाई कायम राख्ने गरी यो धारा संविधानको परिमाजित विधेयकको अंग बनाउने प्रस्ताव पारित गरेको छ ।
काँग्रेसका डा. शेखर कोइराला लगायत एमाओवादीका केही सभासद्हरुले पेश गरेका संशोधन प्रस्तावहरु भने फिर्ता लिएका थिए । साना दलका प्रस्तावहरु भने बहुमतका आधारमा अस्वीकृत भएका थिए । संविधानसभाको अर्को बैठक सोमवार नै दोश्रो पटक बस्दैछ ।