
काठमाडौं, भदौ २८ । नेपालको संविधानको परिमार्जित विधेयक, २०७२ को धारा २७ सूचनाको हक र धारा २८ गोपनीयताको हक संविधानसभाले पारित गरेको छ ।
धारा ३१ शिक्षासम्वन्धी हक, धारा ३३ रोजगारीको हक, धारा ३४ श्रमको हक, धारा ३५ः स्वास्थ्यसम्वन्धी हक, धारा ३६ खाद्य सम्वन्धी हक, धारा ३७ आवासको हक बहुमतले पारित गरेको छ ।
धारा ३७ वाहेकमा दर्ता भएका संशोधन प्रस्ताव संविधानसभाले बहुमतका आधारमा अस्वीकृत गरेको थियो । यसअघि धारा २६ धार्मिक स्वतन्त्रताको हक र धारा २५ सम्पत्तिको हक बहुमतबाट पारित भएको थियो । संविधानसभाले धारा २९ शोषणविरुद्धको हक र धारा ३० स्वच्छ वातावरणको हक पनि सर्वसम्मत् रुपमा पारित गरेको थियो ।
विहानदेखि शुरु भएको संविधानसभा बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको थियो अहिले संविधानसभाको बैठक सोमबार तेश्रो पटक पाँच बजेसम्मका लागि स्थगित भएको छ ।