• ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
  •   Unicode
Logo

असोज ३ मा नयाँ संविधान घोषणा



काठमाडौं, भदौ २८ । संविधानसभाबाट आगामी असोज ३ गते नयाँ संविधान जारी हुने भएको छ ।
संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानको मस्यौदा सभाबाट पारित गरी अबको एक हप्ताभित्र संविधान जारी गर्ने तयारी गरेको नेम्वाङका स्वकीय सचिव एवम संविधानसभा सचिवालयका सहप्रवक्ता सुर्दशन कुँइकेलले जानकारी दिए ।

संविधानसभाबाट संविधान जारी गर्न निम्तो दिन सभाध्यक्ष नेम्वाङ मंगलबार विहान  सितल निवास पुगेर राष्ट्रपति डा.रामवरण यादवलाई निम्तो दिने सहप्रवक्ता कुँइकेलले बताए । असोज ३ गते साँझ ५ बजे विशेष समारोहकाबीच राष्ट्रपतिले नेपालको संविधान, २०७२ सार्वजनिक गर्नेछन् ।