• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo

बबन सिंहले पत्रकारलाई दिए पेट्रोल खन्याएर मार्ने धम्की



काठमाडौं, भदौ २९ । पूर्व सभासद् बबन सिंहले मधेस आन्दोलनको मर्मविपरित समाचार लेखेको भन्दै रौतहटका तीन पत्रकारलाई पेट्रोल खन्याएर मार्ने धम्की दिएका छन् ।

स्थानीय कोहीनुर एफएमबाट प्रसारित प्रत्यक्ष कार्यक्रममा पूर्व सभासद् सिंहले नागरिककर्मी मदन ठाकुर, एभिन्यूज टिभीका गौतम श्रेष्ठ र कान्तिपुर दैनिकका शिव पुरीलाई ज्यानमार्ने धम्की दिएका समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

पूर्वसभासद् बबन सिंहले दिएको यस प्रकारको धम्कीको नेपाल पत्रकार महासंघ रौतहट शाखाले कडा रुपमा भत्र्सना गरेको छ ।