६ पुष २०८२, आईतवार
,
Latest
पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भेट्न किन गएनन् प्रधानमन्त्री ?



अ+ अ-

काठमाडौं, भदौ २९ । संविधान जारी गर्ने मिति तय भएपछि सोमबार बेलुका राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाबीच तय भएको भेटवार्ता हुन सकेन । बेलुका साढे ७ बजेलाई समय मिलाइए पनि प्रधानमन्त्री शीतलनिवास नगएका हुन् ।

‘भेट साढे ७ बजेलाई तोकिएको थियो । तर, सन्चो नभएकाले प्रधानमन्त्री सिटामोल खाएर सुत्नुभएको छ, आउन सकिएन भन्ने जानकारी प्राप्त भयो,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘संविधान जारी हुने भएपछि राष्ट्रपतिले केही परिस्थतिमा प्रधानमन्त्रीसँग सल्लाह गर्नुपर्छ । प्रधानमन्त्री सल्लाहकार भएपछि निर्णय दिनुपर्छ । सोही विषयमा छलफल गर्नुपर्छ अनि सभामुखसँग भेट्दा सहज हुने थियो भन्ने हो ।’

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट तय भएको तर नगएको उनका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच टेलिफोन संवाद भएको छ ।

‘संविधानका केही विषयमा राष्ट्रपतिको कन्सर्न छ । त्यसैले केही विषयमा कुराकानी गर्न खोज्नुभएको होला । उहाँहरूबीच टेलिफोन संवाद भने भयो,’ स्रोतले भन्यो ।

संविधान जारी गर्ने निम्तो दिन सभामुख सुवास नेम्वाङले सोमबार राष्ट्रपतिलाई भेट्ने योजना बनाएका थिए । तर, राष्ट्रपतिले पहिले प्रधानमन्त्रीसँग भेट्ने चाहना राखेपछि सभामुखसँगको भेट मंगलबार बिहानलाई सारिएको छ ।

सभामुखको भेट शीतलनिवासले मंगलबार बिहान ९ बजेलाई तय गरेको छ ।