३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

राष्ट्रपति भेट्न किन गएनन् प्रधानमन्त्री ?

राष्ट्रपति भेट्न किन गएनन् प्रधानमन्त्री ?
अ+ अ-

काठमाडौं, भदौ २९ । संविधान जारी गर्ने मिति तय भएपछि सोमबार बेलुका राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाबीच तय भएको भेटवार्ता हुन सकेन । बेलुका साढे ७ बजेलाई समय मिलाइए पनि प्रधानमन्त्री शीतलनिवास नगएका हुन् ।

‘भेट साढे ७ बजेलाई तोकिएको थियो । तर, सन्चो नभएकाले प्रधानमन्त्री सिटामोल खाएर सुत्नुभएको छ, आउन सकिएन भन्ने जानकारी प्राप्त भयो,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो, ‘संविधान जारी हुने भएपछि राष्ट्रपतिले केही परिस्थतिमा प्रधानमन्त्रीसँग सल्लाह गर्नुपर्छ । प्रधानमन्त्री सल्लाहकार भएपछि निर्णय दिनुपर्छ । सोही विषयमा छलफल गर्नुपर्छ अनि सभामुखसँग भेट्दा सहज हुने थियो भन्ने हो ।’

राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट तय भएको तर नगएको उनका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच टेलिफोन संवाद भएको छ ।

‘संविधानका केही विषयमा राष्ट्रपतिको कन्सर्न छ । त्यसैले केही विषयमा कुराकानी गर्न खोज्नुभएको होला । उहाँहरूबीच टेलिफोन संवाद भने भयो,’ स्रोतले भन्यो ।

संविधान जारी गर्ने निम्तो दिन सभामुख सुवास नेम्वाङले सोमबार राष्ट्रपतिलाई भेट्ने योजना बनाएका थिए । तर, राष्ट्रपतिले पहिले प्रधानमन्त्रीसँग भेट्ने चाहना राखेपछि सभामुखसँगको भेट मंगलबार बिहानलाई सारिएको छ ।

सभामुखको भेट शीतलनिवासले मंगलबार बिहान ९ बजेलाई तय गरेको छ ।