३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

संविधानसंविधानसभाबाट १७६ धारा पारित, संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रपति हुने

संविधानसंविधानसभाबाट १७६ धारा पारित, संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रपति हुने
अ+ अ-


काठमाडौं, भदौ २९ । संविधानसभाले संसदबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राष्ट्रपति हुने शासकीय स्वरुप पारित गरेको छ ।
नयाँ बानेश्वरमा मंगलबार बसेको संविधानसभा बैठककले संविधानको धारा ७४ मा शासकीय स्वरुपमा नेपालको संघीय तहको शासकीय स्वरुप बहुदलीय प्रतिस्पर्धा र बालिग मतदाताद्वारा गोप्य मतदानमा आधारित प्रत्यक्ष रुपमा निर्वाचित राष्ट्रपति र उनको नेतृत्वमा गठन हुने मन्त्रिपरिषद हुने उल्लेख छ । त्यसैगरी संविधानसभाबाट पारित गरेको संविधानको व्यवस्था अनुसार अब एक पटक प्रधानमन्त्री भएपछि कम्तीमा दुई वर्षसम्म प्रधानमन्त्रीको कुर्सी सुरक्षित रहनेछ ।
मंगलबारसम्ममा संविधानसभाले नयाँ संविधानको परिमार्जित विधेयक, २०७२ का १७६ वटा धारा पारित गरेको छ । केही सभासद्हरुले राखेका संशोधन प्रस्तावहरु भने बहुमतले अस्वीकृत गरेको थियो ।
त्यसैगरी बैठकमा न्यायापालिकासम्बन्धी धारा १२८ देखि १५६ सम्मका धारा पारित भए । धारा १२९ मा प्रमुख तीन दलका तर्फबाट प्रस्तुत भएको सर्वोच्च अदालतमा बढीमा २० जनासम्म स्थायी न्यायाधीश रहने संशोधन प्रस्ताव पारित भयो ।
धारा १३१ मा सङ्घीय संसद् र प्रदेशसभाले बनाएका कानुनमा विवाद देखिएको उजुरी परेमा त्यसको निरुपण सर्वोच्च अदालतको फैसलाबमोजिम हुने उल्लेख छ ।
पारित प्रस्तावमा भनिएको छ, “संविधानद्वारा प्रदत्त मौलिक हकउपर अनुचित बन्देज लगाइएकोे वा अन्य कुनै कारणले कुनै कानुन यो संविधानसँग बाझिएको हुँदा त्यस्तो कानुन वा त्यसको कुनै भाग वा प्रदेश सभाले बनाएको कुनै कानुन सङ्घीय संसदले बनाएको कुनै कानुनसँग बाझिएको वा नगरसभा वा गाउँसभाले बनाएको कुनै कानुन सङ्घीय संसद वा प्रदेशसभाले बनाएको कुनै कानुनसँग बाझिएको हुँदा त्यस्तो कानुन वा त्यसको कुनै भाग बदर घोषित गरी पाऊँ भनी कुनै पनि नेपाली नागरिकले सर्वोच्च अदालतमा निवेदन दिन सक्नेछ र सोअनुसार कुनै कानुन बाझिएको देखिएमा सो कानुनलाई प्रारम्भदेखि नै वा निर्णय भएको मितिदेखि अमान्य र बदर घोषित गर्ने असाधारण अधिकार सर्वोच्च अदालतलाई हुनेछ ।”

संवैधानिक इजलासको गठनको व्यवस्था
पारित धारा १३७ मा संवैधानिक इजलासको गठनको व्यवस्था छ । विधेयकमा संवैधानिक अदालतको व्यवस्था रहेकामा सो धारामा सभासद् चीनकाजी श्रेष्ठले इजलासको गठन र कार्यक्षेत्रसम्बन्धीे संशोधन प्रस्तुत गरेका थिए ।
उनले सङ्घ र प्रदेश, प्रदेश र प्रदेश तथा प्रदेश र स्थानीय तह तथा स्थानीय तहहरू बीचको अधिकार क्षेत्रको बारेमा भएको विवादसम्बन्धी, सङ्घीय संसद् वा प्रदेशसभा सदस्यको निर्वाचनसम्बन्धी विवाद र सङ्घीय संसद्का सदस्य वा प्रदेश सभाका सदस्यको अयोग्यतासम्बन्धी विवादको किनारा लगाउनेछ’ भनी संशोधन पेस गरेको प्रस्ताव पारित भयो ।
यस्तै महान्यायाधिवक्ता र मुख्य न्यायाधिवक्तासम्बन्धी धारा १५७ देखि १६१ सम्मका धारा बैठकले पारित गरेको छ ।
प्रदेश कार्यपालिका
प्रदेश कार्यपालिकासम्बन्धी धारा १६२ देखि १७४ सम्मका धारा पनि पारित भएको छ । प्रदेश व्यवस्थापिकामा व्यवस्था भएका धारा १७५ देखि धारा १७६ पारित भएका छन् । १७६ धारामा प्रदेशसभाको गठनको व्यवस्था छ । विधेयकमा कूल ३०२ धारा छन् । संविधानसभाको अर्को बैठक बुधबार पनि बस्नेछ ।