• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   तातो हावाले भुमरी बनाएर उडाएको माटो र खरानी बस्तीमा भरियो ★   आज पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने ★   लगातार ६ हारपछि बैंगलोरले हैदराबादलाई ३५ रनले हरायो ★   प्रिमियर लिगः ब्राइटनमाथि म्यान्चेस्टर सिटीको सहज जित, उपाधि होड रोमाञ्चक बन्दै ★   आजदेखि कक्षा १२ को परीक्षा: तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै ★   आइस्पानको चेतावनी: सरकारका कारण इन्टरनेटको सेवा जतिबेला पनि अवरुद्ध हुन सक्छ ★   नियमविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन ★   पाकिस्तानी दूतावासद्वारा १८० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान ★   सहकारी ठग्ने सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्तालाई तिरौं: गृहमन्त्री रवि लामिछाने ★   योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

जिम्मेवारी पूरा हुनासाथ दङ्गाग्रस्त क्षेत्रबाट फर्कन्छौँ : सेना



काठमाडौँ,  भदौ २९। नेपाली सेनाले आफू सामाजिक सद्भाव कायम राख्न निष्पक्ष, विश्वसनीय ढङ्गले काम गर्दै आएको र जिम्मेवारी पूरा हुनासाथ दङ्गाग्रस्त क्षेत्रबाट ब्यारेक फर्कने जनाएको छ ।
स्थानीय प्रशासन ऐनअनुसार स्थानीय प्रशासनले जिम्मेवारी क्षेत्रभित्र शान्ति सुव्यवस्था कायम गर्न दङ्गाग्रस्त क्षेत्र घोषणा गरी शान्तिसुरक्षा र अमनचयन कायम गर्न सेनाको सहयोग लिन सक्ने व्यवस्था भएबमोजिम केही स्थानमा नेपाली सेना खटिएको सेनाले जनाएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले सो प्रावधानअनुसार स्थानीय प्रशासनलाई सहयोग गर्न खटिएको सेनालाई ‘परिचालन भएको’ भन्ने अर्थमा नलिन र नबुभ्mन अनुरोध गरेको छ ।

संविधान एवम् प्रचलित ऐननियमका प्रावधानअनुरुप सरकारको मातहतमा रही प्राप्त जिम्मेवारीलाई संयमित, सुझबुझपूर्ण एवम् समन्वयात्मक ढङ्गले गर्दै आएकामा दङ्गाग्रस्त क्षेत्रमा पनि सेनाले नागरिकको जिउधन, सार्वजनिक एवम् सरकारी सम्पत्तिको सुरक्षा गरिरहेको जनाइएको छ । रासस