९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र आंशिकरुपमा हटाइयो



अ+ अ-

लहान,  भदौ ३०। जिल्ला प्रशासन कार्यालय सिरहाले एक सातादेखि पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा लगाउँदै आएको निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्रलाई आज बिहानबाट आशिंकरुपमा हटाएको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेले सुरक्षा अवस्था केही सामान्य बन्दै गएको तथा विभिन्न चाडपर्वलाई मध्यनजर गरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानस्थित बलान पुलदेखि कमला पुलसम्मको ५०० मिटर दाँयाबायाँको क्षेत्रमा लगाउँदै आएको निषेधज्ञा र दङ्गाग्रस्त क्षेत्रको समय आज बिहान ७ बजेबाट प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्मका लागि हटाइएको जानकारी दिनुभएको छ । तर प्रत्येक दिन बेलुका ९ बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म अर्को सूचना जारी नहुञ्जेलसम्म सो क्षेत्रमा निषेधज्ञा र दङ्गाग्रस्त क्षेत्र कायमै रहने उहाँले बताउनुभयो ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहानमा संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले रुख ढालेर गरेको अवरोध प्रहरीले हटाउने क्रममा गत भदौ २३ गते साँझ प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएपछि स्थिति असहज भएको भन्दै स्थानीय प्रशासनले यही भदौ २४ गतेदेखि १२ बजेदेखि लहानस्थित बलान खोलादेखि कमला नदीको पुलसम्म र सहायक मार्गको नयाँ चाहर्वादेखि सिरहाको लच्कापुलसम्मको क्षेत्रमा निषेधज्ञा र दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
यसैबीच संयुक्त मधेसी मोर्चा र थारु सङ्घर्ष समितिले आह्वान गरेको आमहडतालका कारण आज ३३ औं दिनपनि सिरहाको जनजीवन प्रभावित भएको छ ।  विमानस्थलमा कार्यरत कामदारको २४ घण्टे हडतालका कारण मङ्गलबार चिलीमा हजारौँ मानिस विभिन्न विमानस्थलमा अलपत्र परेका छन् ।