२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘असोज तीन कालो दिन’



अ+ अ-

काठमाडौं, भदौ ३१ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता राजेन्द्र महतोले मधेसी जनताको अधिकारलाई कुण्ठित गरी ल्याउन लागिएको संविधानलाई असोज ३ गते देशभरी जलाइने र त्यो दिनलाई कालोदिवसका रुपमा मनाउने बताएका छन् ।

बुधबार जनकपुरमा पत्रकार सम्मेलन गरी सद्भावना पार्टीका अध्यक्ष महतोले मधेसी जनताको अस्तित्व, पहिचान र अधिकार सम्बोधन नहुने यो संविधानलाई दुई तिहाई जनताले अस्वीकार गर्ने दाबी गरेको समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

मधेसबाट जितेर संविधानसभामा प्रतिनिधित्व गरिराखेका कांग्रेस, एमाले र एमाओवादीका मधेसी सभासद् मधेसी जनतालाई धोका दिएर संविधान निर्माण प्रक्रियामा सहभागी रहेकाले ती जनप्रतिनिधीलाई अब जनताले समात्ने बेला आएको महतोले बताए ।

असोज ३ गतेभन्दा पहिला मधेसी जनताले आफ्ना जनप्रतिनिधीलाई दबाब दिएर संविधानसभाबाट फिर्ता बोलाएर भने मात्र संविधान मधेसको पक्षमा आउन सक्ने अश रहेको तर त्यसो भएन भने मधेसले पाएका उपलब्धि पनि गुमेर जाने महतोको भनाइ थियो ।