• १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
  •   Unicode
Logo
Latest
★   दक्षिण अफ्रिकामा बस दुर्घटना, ४५ जनाको मृत्यु ★   नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रुपमा आवाज उठायौँ: सभामुख घिमिरे ★   चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल ★   सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ३० हजार पुग्यो ★   व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय ★   आधा आकाश ओगट्ने महिलालाई नसमेटिकन चम्किलो धर्तीको कल्पना गर्न सकिँदैन: प्रधानमन्त्री ★   प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न गृहमन्त्रालयले बनायो छानविन समिति ★   दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा ★   पञ्चकोटमा रहेको गरुड शिला र पृष्ठभूमिका हिमशृङ्खला ★   अझै तीन दिन पानी पर्ने, आज चट्याङको सम्भावना

संविधान पारितसँगै निजी क्षेत्र उत्साहित



चितवन, भदौ ३१ । लामो समयको पर्खाइपछि नेपालमा संविधानसभाबाट संविधान पारित भएपछि आर्थिक समृद्धितर्फ मुलुक जाने भन्दै निजी क्षेत्र हर्षित भएको छ ।

स्थायी सरकार बन्ने र अन्तर्राष्ट्रिय जगतमा नेपालको सकारात्मक सन्देश प्रवाह हुने भन्दै लगानीको पर्खाइमा रहेका स्वदेशी र विदेशी लगानीकर्ताले औद्योगिक क्षेत्रमा लगानी गर्नेमा पनि निजी क्षेत्र विश्वस्त बनेको छ ।

बन्द, हडतालका कारण निजी क्षेत्र अस्तव्यस्त बनिरहेका बेला संविधान पारित भएसँगै मुलुकले कोल्टो फेर्ने उनीहरुको भनाइ छ ।

पोल्ट्री क्षेत्रमा अरबौँको लगानी भएको र देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनमा औद्योगिक क्षेत्रमा मात्रै रु दुई सय अर्बभन्दा बढीको लगानी रहेको व्यवसायीको अनुमान छ ।

पर्यटन, पोल्ट्रीसहित शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा चितवन अग्रणी मानिन्छ । देशभरमा पोल्ट्री क्षेत्रमा मात्रै ७० अर्ब रुपैयाँभन्दा बढीको लगानी भएको व्यवसायीहरु बताउँछन् । जसमध्ये आधाभन्दा बढी चितवनमै लगानी भएको उनीहरुको भनाइ छ ।

पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शंकरप्रसाद कँडेलले लामो समयसम्मको अस्थिरताका कारण धरापमा पुगेको यो व्यवसायले अब फड्को मार्ने बताए ।

क्षेत्रीय होटल संघ सौराहाका पूर्व अध्यक्ष गिरिधारी चौधरी नेपालमा संविधान जारी भएसँगै अन्तर्रा्ष्ट्रिय जगत्मा जाने सकारात्मक सन्देश र त्यसपछि भित्रिने पर्यटकले देशको विकासमा ठूलो टेवा पुग्ने बताउँछन् ।

देशमा स्थायी सरकार र शान्ति भयो भने सरकारको मुख ताक्न नपर्ने र पर्यटक भित्रिए भने देश विकास भैहाल्छ भन्दै उनले दलहरुको प्रतिबद्धताले जसरी देशमा संविधान आयो अब उनीहरु मिलेर आर्थिक समृद्धितर्फ लाग्नुपर्ने र त्यसका लागि सहयोग गर्न निजी क्षेत्र तयार भएको बताए ।

उद्योग संघ चितवनका अध्यक्ष कृष्ण अधिकारीले अब लगानीको वातावरण बन्नेमा व्यवसायी विश्वस्त रहेको भन्दै देशमा शान्ति कायम गर्ने जिम्मा सरकारको हो, लगानी हामी भित्र्याउँछौँ भने ।

संविधानमा देखिएका कमीकमजोरी सुधार गर्न सकिने भन्दै उहाँले अस्थिरता कसरी अन्त्य गर्न सकिन्छ त्यसतर्फ सोच पुर्‍याउन सकिने बताए ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष कल्याण जोशीले स्थायी सरकार र शान्ति कायम हुन सक्यो भने मुलुकले फड्को मार्छ भने । देशमा अब बन्द हडताल अन्त्य हुनुपर्ने भन्दै उहाँले आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

शैक्षिक क्षेत्रमा समेत यसको प्रभाव सकारात्मक रुपमा पर्ने शिक्षाविद्ले बताएका छन् ।

चितवनमा केन्द्रीय कार्यालय रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिस्टार प्रा. डा. सूर्यकान्त घिमिरेले नयाँ संविधानसँगै शिक्षा क्षेत्रको विकासमा पनि निजी क्षेत्रले अब फड्को मार्ने बताए ।

संघीय रुपमा मुलुक जाँदै गर्दा स्रोतसाधनको वितरणमा विशेष ध्यान पुर्‍याउनुपर्ने व्यवसायीको भनाइ छ ।

सबै प्रदेश समान सम्पन्न नभएको भन्दै केन्द्रीय सरकारले कुन ढंगले सबै प्रदेशलाई स्रोत र साधनको बाँडफाँड गर्न सक्छ त्यसतर्फ अब बन्ने सरकारले ध्यान दिनुपर्ने व्यवसायीले बताएका छन् । रासस