१ असार २०८३, सोमबार
,
Latest
कञ्चनपुरमा ‘एन्फा कम्युनिटी कोर्स’ सुरु डिएनए परीक्षणका लागि कानुनी व्यवस्था तत्काल बनाउन विज्ञहरूको सरकारलाई सुझाव बढ्दो मानव–हात्ती द्वन्द्वः न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेढ महिनाभित्र सामाजिक सुरक्षा कार्यक्रम लागू



अ+ अ-

काठमाडौँ, २६ भदौ  ः सरकारले डेढ महिनाभित्र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने तयारी गरेको छ ।

सङ्घीय संसद्, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको आजको बैठकमा ‘रोजगारीको हकसम्बन्धी ऐन, २०७५’ को दफावार छलफलका क्रममा औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याइने जानकारी दिइयो ।

प्रत्येक बेरोजगार व्यक्तिलाई सरकारले एक आर्थिक वर्षमा न्यूनतम् १०० दिनको रोजगारी उपलब्ध गराउने जानकारी दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले न्यूनतम रोजगारको प्रत्याभूत गर्न नसकेको खण्डमा निर्वाह भत्ता उपलब्ध गराइने बताउनुभयो । विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सांसद खगराज बरालले रोजगारीको पहिलो प्राथमिकता नेपाली नागरिक हुनुपर्ने बताउँदै विदेशी नागरिकले श्रम स्वीकृति लिएर मात्र नेपालमा काम गर्न पाउने व्यवस्थालाई ऐनमा समेट्न सुझाव दिनुभयो ।

सांसद् गगन थापाले ऐनले व्यवस्था गरेका कार्यक्रम कार्यान्वयनका लागि छुट्टै बजेटको कोष बनाइनुपर्ने उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयन ग र्न आवश्यक नियम, कार्यविधि बनाउन समयसीमा तोक्नुपर्छ भन्नुभयो ।

सांसद यशोदा गुरुङ सुवेदीले रोजगारीको हकसम्बन्धी ऐनले मुलुकको अग्रगामी परिवर्तनका लागि बलिदान गरेका शहीद तथा बेपत्ता व्यक्तिका परिवार र घाइते, अपाङ्गता भएका व्यक्तिलाई न्यूनतम रोजगारीको प्रत्याभूत गर्नुपर्ने बताउनुभयो ।

उहाँले संविधानको धारा ३३ ले प्रत्येक नागरिकलाई रोजगारीको हक हुने व्यवस्था गरेको स्मरण गराउँदै रोजगारीलाई विदेश जानुपर्ने अवस्थाको अन्त्य गरी योग्य र सक्षम हजारौँ युवालाई स्वदेशमै रोजगारीको अवसर सुनिश्चित गर्ने गरी ऐन बनाउनुपर्ने बताउनुभयो ।

सांसद नवराज रावलले ऐनले प्रदेश र स्थानीयस्तरमै रोजगारीको व्यवस्था गर्न ती निकायलाई जिम्मेवार बनाउनुपर्ने बताउनुभयो । रोजगारीका लागि विदेश जाने कामदार प्रत्येक पलमा ठगीमा पर्दै आएको बताउँदै उहाँले स्वदेश र विदेशमा हुने ठगी नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्छ भन्नुभयो ।

सांसद पार्वती विसङ्खेले दलित समुदायलाई आर्थिक रुपमा सबल र आत्मनिर्भर बनाउन उनीहरुको पेशालाई नै रोजगारीसँग जोड्ने गरी ऐन, कानून बनाइनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दलित समुदायको कला, सीपलाई रोजगारीसँग जोड्न सके स्वदेशमै रोजगारीको प्रवद्र्धन हुन्छ, बेरोजगारीको दर न्यूनीकरण गर्न मद्धत पुग्छ ।”

सांसद केदार सिग्देलले रोजगारीको हकसम्बन्धी विधेयकले जनपक्षीय भावनालाई समेटेको उल्लेख गर्दै बेरोजगार निर्वाह भत्ता न्यायोचित र समसामयिक हुनुपर्ने बताउनुभयो । सांसद् प्रेम सुवालले विधेयकमा एक आर्थिक वर्षमा न्यूनतम रोजगार दिने समयावधि बढाउन सुझाव दिनुभयो । उहाँले न्यूनतम रोजगारी प्रदान गर्ने १०० दिनको समयावधिलाई बढाएर कम्तिमा पनि २७५ दिन पु¥याउनुपर्ने बताउनुभयो । सांसद् आशाकुमारी विकले नेपालमा श्रमको मूल्य नतोकिँदा युवा पङ्क्ति विदेशीन बाध्य भएको बताउँदै सीप, क्षमता र योग्यताका आधारमा श्रमको उचित मूल्य तोक्नुपर्छ भन्नुभयो ।




भर्खरै