२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनयुद्धकालीन रोल्पालाई बदलेर नयाँ रोल्पा बनाउनेछु : मन्त्री पुन



अ+ अ-

उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले रोल्पाको मुहार फेर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । गृह जिल्ला रोल्पास्थित जिल्ला समन्वय समितिद्वारा आयोजित आर्थिक वर्ष २०७४–७५ को वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पुनले यस्तो बताएका हुन् ।

२०५२ साल अघिको जनयुद्धकालीन रोल्पालाई बदलेर शान्तिप्रक्रियापछिको नयाँ रोल्पा बनाउने आफ्नो योजना रहेको समेत मन्त्री पुनले सुनाए । ‘सधै हामीले रोल्पालाई यही अवस्थामा छाड्न् हुँदैन् ।’ उनले भने, ‘यसको मुहार फेर्न सबै आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बेला आएको छ ।’ स्थानीय तहका जनप्रतिनिधीहरुलाई समेत जिल्लाको विकासमा ध्यान दिन निर्देशन दिदैं मन्त्री पुनले जनतालाई महशुस हुने खालका काम गर्नुपर्नेमा जोड दिए ।

एक फरक प्रसंगमा मन्त्री पुनले संघीयतालाई सफल पार्न सवै एकजुट हुनुपर्ने बताए । उनले संघियतालाई असफल पार्नका लागि विभिन्न समूहले संघीयताप्रति भ्रम फैलाएको भन्दै त्यसलाई चिर्नका लागि नेपालका सबै राजनीतिक पार्टीहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । नेपालको संघीयता आम नेपाली जनताको त्याग र बलिदानबाट आएको भन्दै उनले संघीयतालाई सफल रुपमा कार्यन्वयन गर्नका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने धारणा राखे ।

उनले जनताबाट करमात्रै लिने तर, विकास नगर्ने हो भने राज्यप्रति नकरात्मक धारणा बन्ने भएकाले त्यसमा ध्यान दिन सबै जनप्रतिनिधीहरुलाई आग्रह समेत गरे ।