९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनयुद्धकालीन रोल्पालाई बदलेर नयाँ रोल्पा बनाउनेछु : मन्त्री पुन



अ+ अ-

उर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले रोल्पाको मुहार फेर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । गृह जिल्ला रोल्पास्थित जिल्ला समन्वय समितिद्वारा आयोजित आर्थिक वर्ष २०७४–७५ को वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पुनले यस्तो बताएका हुन् ।

२०५२ साल अघिको जनयुद्धकालीन रोल्पालाई बदलेर शान्तिप्रक्रियापछिको नयाँ रोल्पा बनाउने आफ्नो योजना रहेको समेत मन्त्री पुनले सुनाए । ‘सधै हामीले रोल्पालाई यही अवस्थामा छाड्न् हुँदैन् ।’ उनले भने, ‘यसको मुहार फेर्न सबै आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने बेला आएको छ ।’ स्थानीय तहका जनप्रतिनिधीहरुलाई समेत जिल्लाको विकासमा ध्यान दिन निर्देशन दिदैं मन्त्री पुनले जनतालाई महशुस हुने खालका काम गर्नुपर्नेमा जोड दिए ।

एक फरक प्रसंगमा मन्त्री पुनले संघीयतालाई सफल पार्न सवै एकजुट हुनुपर्ने बताए । उनले संघियतालाई असफल पार्नका लागि विभिन्न समूहले संघीयताप्रति भ्रम फैलाएको भन्दै त्यसलाई चिर्नका लागि नेपालका सबै राजनीतिक पार्टीहरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिए । नेपालको संघीयता आम नेपाली जनताको त्याग र बलिदानबाट आएको भन्दै उनले संघीयतालाई सफल रुपमा कार्यन्वयन गर्नका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने धारणा राखे ।

उनले जनताबाट करमात्रै लिने तर, विकास नगर्ने हो भने राज्यप्रति नकरात्मक धारणा बन्ने भएकाले त्यसमा ध्यान दिन सबै जनप्रतिनिधीहरुलाई आग्रह समेत गरे ।