३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

सेयर काराेबारमा झिनाे गिरावट, नेप्से परिसूचक १२५६ मा बन्द

सेयर काराेबारमा झिनाे गिरावट, नेप्से परिसूचक १२५६ मा बन्द
अ+ अ-

काठमाडाैं, असाेज १ गते । यस साताको दोस्रो कारोबार दिन सोमबार सूचक ०.१३ अंकको झिनो गिरावट सहित १२५६.४० बिन्दुमा बन्द भएको छ । १६७ कम्पनीका २४ लाख २५ हजार ३०३ कित्ता सेयर ६८ करोड ७६ लाख रुपैयाँमा खरिद बिक्री भएका छन् । समग्र बजार पूँजीकरण १४ खर्ब ९६ अर्बमा समेटिएको छ ।

पछिल्ला दिनमा वाणिज्य बैंक समूहमा लगानीकर्ता झुम्मिने क्रमले निरन्तरता पाएको छ । शिर्ष कारोबार भएका दश कम्पनीमा नेपाल इन्स्योरेन्स कम्पनी बाहेक सबै वाणिज्य बैंक नै रहेका छन् ।

बजारमा केही लगानीकर्ता निर्जीवन बीमा कम्पनीतर्फ समेत आकर्षित भएका छन् । जसले निर्जीवन बीमाको इन्डेक्स ३ प्रतिशत बढेर ८ करोड ९८ लाखको कारोबार भएको छ । शिर्ष नाफा कमाउने १० कम्पनीमा प्रिमियर इन्स्योरेन्सदेखि एभरेष्टसम्म पाँच कम्पनी समेटिएका छन् । यसले केहि लगानीकर्ता बैंकबाट यी कम्पनीमा मोडिएको आभाष हुन्छ ।

ग्लोबल आइएमई बैंकको सबैभन्दा धेरै ५ लाख १७ हजार ८२६ कित्ता संस्थापक सेयर ९ करोड २६ लाख रुपैयाँको खरिद बिक्री भएको छ । यो कूल बैंकिङ्गमा भएको कारोबार (३३ करोड २१ लाख रुपैयाँ) को करिब २८ प्रतिशत हो ।

दोस्रो ठूलो कारोबार भएको एनएमबि बैंकको ६ करोड २१ लाखको सेयर कारोबार भएको छ ।

प्रभु बेंक २ करोड ९१ लाख, नेपाल बैंक २ करोड ४५ लाख, कुमारी २ करोड २१ लाख, जनता २ करोड १६ लाख, एनआईसी एशिया २ करोड १५ लाखकाे काराेबार भयाे ।

त्यसैगरि एनसीसी बैंककाे १ करोड ७५ लाख, नेपाल इन्स्योरेन्स एक करोड ५७ लाखर मेगा बैंकको १ करोड ५४ लाखको सेयर खरिद बिक्री भयो ।

लाभांश घोषणा गर्नेक्रम चलिरहँदा बजारमा लगानीकर्ता सक्रिय हुन थालेपछि शेयर बजारको चमक भने कायम नै रहेको छ । बजार खुलेदेखि नै कहिले बढ्ने त कहिले घट्ने गरेको नेप्से सामान्य करेक्सन भएर एक अंकभन्दा कम घटेर बजार बन्द भएको छ ।

 

सोमबार कारोबारमा आएका उप समुहका मिश्रित देखिएका छन् ।

वाणिज्य बैंक सहित होटल, विकास बैंक, जलविद्युत, वित्त र अन्य गरि ६ वटा इन्डेक्स एक प्रतिशत भन्दा कम घटेका छन् ।

निर्जीवन बीमा सबैभन्दा धेरै ३.४८ अर्थात २०३.४६ अंकले बढेको छ भने जीवन बीमा, व्यापार,उत्पादन तथा प्रशोधन र लघुवित्तको इन्डेक्स् बढेका छन् ।

सोमबारको बजारमा साना तथा मझौला कम्पनीका सेयरधनीले कमाएका छन् । भार्गव विकास बैंकको सेयरमूल्य सबैभन्दा बढी ९.४२ प्रतिशतले बढेको छ भने प्रिमियर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, साल्ट ट्रेडिङ्ग, तिनाउ विकास बैंक, सिद्धार्थ इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र बोटलर्स नेपालका सेयरधनीले साढे ४ प्रतिशत बढीले नाफा आर्जन गरेका छन् ।

एक्सेल डेक्सलपमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै ४.२९ प्रतिशतले अवमूल्यन भएको छ भने युनाइटेड मोदी हाइड्रोपावर र मिर्मिरे लघुवित्तका सेयरधनीले पनि ३ प्रतिशत बढीले गुमाए ।

 

कन्काइ विकास बैंक, स्वदेशी लघुवित्त, रिडी, नेशनल हाइड्रोपावर, सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, र सर्पोट माइक्रोफाइनान्सको सेयरधनी पनि गुमाउने सूचीमा अटाएका छन् ।

यी सबै कम्पनीको सेयरमूल्यमा २ प्रतिशत बढीले ह्रास आएको छ ।

कारोबार रकम केही गिरावट भएपनि अझै करिब ७० करोड नजिकमा कारोबार भएकाले लगानीकर्तामा उत्साहित घटेको मान्न सकिन्न ।

यद्यपी आइतबारको तुलनामा भने कारोबार रकम २२ करोड बढीले घटेको छ । नयाँ र ठूला लगानीकर्ता बजार प्रवेश गरेकाले बजारमा कारोबार भने राम्रै भएकाे छ ।