४ आश्विन २०८१, शुक्रबार
,
Latest
अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि लोमान्थाङमा स्याउ खेती हुन थाल्यो अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय हो: अध्यक्ष ढकाल उपप्रधानमन्त्री प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेबारी सुरु भयो पदयात्राको याम प्रधानमन्त्री ओली अमेरिका प्रस्थान (तस्बिरहरू) ऐतिहासिक आँधीपछि केही दिनमै दोस्रो आँधीको चपेटामा साङ्घाई नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष दाहाल सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि नेशनल डे कन्सर्टमा बालेनको नारा लाउँदै हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग



अ+ अ-

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले मङ्गलबार साँझ विज्ञप्ति जारी गरी चाडवाड शुरु हुनु अघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनु राम्रो नभएको भन्दै फिर्ता लिन माग गरेको हो ।

‘चाडपर्वमा यात्रुलाई सहजरूपमा आवतजावत गर्न असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गरेका छौँ, ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नभए टिकट बुकिङ अग्रिमरूपमा खुला गर्न सक्दैनौँ’, विज्ञप्तिमा भनिएको छ । भदौ ३१ गते यातायात व्यवस्था विभागमा बसेको विभाग र महासङ्घबीचको बैठकले असोज ५ गते अग्रिम बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।