२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांस्कृतिक पर्वका रुपमा विकास हुँदै इन्द्रजात्रा



अ+ अ-

काठमाडौँ, ५ असोज (रासस) ः काठमाडौँ उपत्यकाको ठूलो चाड इन्द्रजात्रा महत्वपूर्ण सांस्कृतिक पर्वका रुपमा विकास हुँदैगएकोे छ । असत्यमाथि सत्यको विजय तथा शत्रु पक्षको पराजयपछि विजय मनाउने पर्वका रुपमा लिइएको जात्रामा फरक फरक समुदायले विशेष संस्कृतिका रुपमा महत्व दिएको पाइएको छ ।

हनुमानढोकामा आज विधिपूर्वक ३२ हात लामो लिङ्गो ठड्याइएपछि एक सातासम्म इन्द्रजात्रा मनाउने गरिन्छ । उक्त लिङ्गोको फेदमा भैरवको पूजा हुन्छ ।

विभिन्न ध्वजापताकाले सजाइएको लिङ्गोको फेदमा सुनको जलप पोतिएको इन्द्र विराजमान हात्तीको प्रतिमा राखेर पूजा गरिएको छ । ध्वजासहितको लिङ्गो उठाउँदा नेपाली सेनाको ब्याण्डको टुकडी, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मङ्गल धुन बजाएका थिए ।

इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा तत्कालीन राजा प्रतापसिंह शाहले चलाएको विश्वास छ । एक हप्तासम्म चल्ने इन्द्रजात्राका क्रममा हनुमानढोकाभन्दा तल्लो तथा माथिल्लो क्षेत्रमा कुमारी, गणेश र भैरवको रथजात्रा गरिन्छ । मध्यक्षेत्रमा कुमारी, गणेश र भैरवको रथजात्रा गरेपछि इन्द्रजात्रा सकिन्छ ।

यही असोज ८ गते राष्ट्र तथा सरकार प्रमुखका साथै विदेशी पाहुनाबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवितदेवी कुमारी, गणेश र भैरवको दर्शन गर्ने कार्यक्रम छ । मुलुकमा बसोवास गर्ने विभिन्न जाति तथा समुदायका मौलिक सांस्कृतिक विविधताले नेपाली संस्कृतिलाई विश्वमा विशिष्ट बनाएको राजनीतिज्ञ तीर्थराम डङ्गोलले विचार व्यक्त गर्नुभयो ।

उहाँले नेपाली मौलिक परम्परा र संस्कृतिले नेपाली जीवनशैलीलाई सभ्य बनाउने विश्वास व्यक्त गर्नुभयो । इन्द्रजात्राको प्रारम्भ गर्नुअघि राष्ट्रप्रमुखको उपस्थिति हुने परम्परा काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले शुरु गरेका थिए ।

गणेश, भैरव र कुमारीको रथयात्रामा हनुमानढोकाको गद्दी बैठकमा राष्ट्रप्रमुख उपस्थित हुने प्रचलन करीब २३५ वर्षको शाहवंशीय परम्परा हुँदै गणतन्त्रात्मक व्यवस्थामा अहिले पनि निरन्तरता पाएको छ ।

काभ्रेको नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूखलाई शुभ साइतमा काटेपछि भोटाहिटीमा राखेर विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ । सांसद जीवनराम श्रेष्ठले यस क्षेत्रमा रहेका विभिन्न देवीदेवता तथा जात्रा पर्वले निर्माण भएका सांस्कृतिक परम्परा तथा आस्था विश्वका लागि नै महत्वपूर्ण अध्ययन केन्द्र हुने बताउनुभयो । उहाँका अनुसार जात्रा अवधिमा कुमारी घर अगाडि रहेको त्रिलोकनारायण मन्दिरमा विष्णुको दश अबतार समेत देखाइने गरिएको छ ।

इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकाली नाच, लाखेनाच, दशअवतार, ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच देखाइन्छ । एक सातापछि इन्द्रध्वजालाई लडाएर पर्व सम्पन्न गरिन्छ ।

परापूर्वकालमा स्वर्गका राजा इन्द्रको आमाको वसुन्धरादेवीको व्रतका लागि पारिजातको फूलकोस्वर्गमा अत्याधिक माग बढेको थियो । त्यसकारण स्वयं इन्द्रमान स्वरूप धारण गरी कान्तिपुरी नगरीको वसन्तपुर आसपास क्षेत्र (हालको शान्ति निकुञ्ज स्कुल) मा आई बगैँचाको मालीलाई सोध्दै नसोधी पारीजातको फूल चोर्न लाग्दा स्थानीयवासीले इन्द्रलाई पाताकसी बाँधेको दृश्यसहितको मूर्ति प्रदर्शन गरिएको इन्द्रजात्राको रमाइलो किम्बदन्तीसमेत पाइन्छ ।

इन्द्रको आमाले छोरा नफर्किएपछि ध्यान दृष्टिले हेर्दा घटनाका बारे थाह पाएपछि घटनास्थल आई बाँधिएको मान्छे स्वर्गको राजा इन्द्र भएकाले छुटाउन स्थानीयवासीसँग अनुरोध गरेको कथा सुन्न पाइन्छ । स्थानीयवासीले आफ्ना दिवङ्गत पितृलाई स्वर्गमा लैजाने शर्तसहित इन्द्रलाई मुक्त गरेको त्यसै बेलादेखि इन्द्रजात्रा शुरु भएको जनविश्वास छ ।

जात्रामा घुमाइने पुलुकिसी इन्द्रको एरावत हात्ती हो, इन्द्रलाई बन्दी बनाइएपछि त्यो हात्ती स्थानीयवासीले समातेको मानिएको छ । काठमाडौँको इन्द्रचोक, किलागल र नरदेवीमा पनि बाँधिएका इन्द्रको मूर्तिलाई अग्लो डबलीमा प्रदर्शन गर्ने गरिन्छ ।

इन्द्रजात्राको रथयात्रा काठमाडौँका अन्तिम मल्ल राजा जयप्रकाश मल्लको पालामा मात्र शुरु भएको हो । पृथ्वीनारायण शाहको आधुनिक नेपाललाई एकीकरण गरेपछि जात्रामा थप परिवर्तन भएको पाइएको छ ।

गोर्खाको पल्टनबाट अपभ्रंस भई गुर्जुको पल्टन विकास भएको हुँदा जात्रामा गुर्जुको पल्टनको सहभागिताले शाह वंशीय राजाले विगतदेखि चल्दै आएको जात्रालाई अपनत्व लिएर संस्कृतिको संरक्षण गरेको गुठी संस्थानका सदस्य रामशरण डङ्गोलले जानकारी दिनुभयो ।

जात्राको अन्तिम दिन माथिल्लो टोलमा गरिने रथयात्रा पनि राणाकालमा थप भएको विश्वास गरिएको छ । जात्रा अवधिभर इन्द्रचोकस्थित आकाश भैरवको मूर्तिलाई मन्दिरको बाहिर खटमा सर्वसाधारणको दर्शनका लागि विभिन्न प्रकारका फूलले सिंगारेर राखिन्छ । किराँती राजा यलम्बरको शिरका रुपमा उक्त मूर्तिलाई लिइन्छ । हनुमानढोकास्थित श्वेत भैरवको मूर्ति पनि दर्शनका लागि खुला गरिएको छ