२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वका प्रत्येक २० मध्ये एकको मदिराका कारण मृत्यु ःडब्लुएचओ



अ+ अ-

जेनेभा, ५ असोज (रासस÷एएफपी) ः मदिरा सेवन गरेर संसारमा हरेक बर्ष ३० लाख भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
यो सङ्ख्या विश्वभरीमा एड्स, हिंसा र सडक दुर्घटनाका कारण मृत्यु हुनेहरुको भन्दा बढी रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शुक्रबार जनाएको छ ।
राष्ट्रसंघीय स्वास्थ्य निकायले हरेक बर्ष मृत्यु भएका प्रत्येक २० जना मध्ये एक जनाको मृत्यु मदिराका कारण हुने गरेको पनि स्पष्ट पारेको छ ।
हालै सार्वजनिक भएको प्रतिवेदन अनुसार यस तथ्याङ्कमा मदिरा सेवन गरेर सवारी चलाउँदा निधन भएका, मदिरा सेवनका कारण भएका हिंसात्मक घटना र त्यसैका कारण लागेका विभिन्न रोगका कारण मृत्यु हुनेहरुको सङ्ख्या जोडिएको छ ।
झण्डै पाँच सय पृष्ठ लामो सो प्रतिवेदनमा मृत्यु भएका मध्ये तीन चौथाइ मान्छेको मृत्यु मदिराकै कारण हुनेगरेको पाइएको उल्लेख छ ।