९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय सभापतिको कुर्सीमा को को ?



अ+ अ-

बिहिबार समितिको सभापतिका लागि उम्मेदवारी दर्ताका क्रममा १० वटै समितिमा निर्विरोध उम्मेदवारी परेको थियो । शुक्रबार बिहान बसको समितिहरुको बैठकले उम्मेदवारलाई निर्विरोध निर्वाचित गरेको हो ।

यसरी निर्वाचित हुने समितिको सभापतिमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष सांसद रहेका छन् । सपथपछि बोल्दै सभामुख महराले निर्वाचित भएका समितिका सभापतिहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै आफ्नो भूमिका प्रभावकारी रुपमा पूरा गर्ने विश्वास लिएको बताए । समितिको सभापतिमा ६० प्रतिशत महिला हुनु गौरवको विषय भएको उल्लेख गरे ।

संविधान जारी भएपछि ३ बर्षभित्र पूरा गर्नुपर्ने मौलिक हकसँग सम्बन्धित १६ वटा कानुन पारित गर्न सफल भएको बताउँदै कानुन निर्माणमा सहयोग पुर्याउने समितिका सदस्य तथा कर्मचारीहरुलाई धनयवाद दिए ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा विमलप्रसाद श्रीवास्तव, महिला तथा सामाजिक समितिको सभापतिमा निरुदेवी पाल, सार्वजनिक लेखा समितिमा भरतकुमार शाह, कृषि–सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल, कानुन, न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेल सभापति भएका छन् । यस्तै, शशी श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन समिति, कृष्णप्रसाद दाहाल अर्थ समितिमा, जयपुरी घर्ती शिक्षा तथा स्वास्थ्य समिति र कल्याणी कुमारी खड्का विकास तथा प्रविधि समितिको सभापति भएका छन् ।  सपथ ग्रहणलगतै उनीहरुले पदभार पनि ग्रहण गरेका छन् ।

मा० कृष्णप्रसाद दहाल– अर्थ समिति

मा० पवित्रा निरौला खरेल– अन्तर्राष्ट्रिय सम्बन्ध समिति

मा० विमल प्रसाद श्रीवास्तव– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति

मा० कृष्णभक्त पोख्रेल– कानून, न्याय तथा मानवअधिकार समिति

मा० पूर्णकुमारी सुवेदी– कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति

मा० निरुदेवी पाल– महिला तथा सामाजिक समिति

मा० शशी श्रेष्ठ– राज्यव्यवस्था तथा सुशासन समिति

मा० कल्याणी कुमारी खड्का– विकास तथा प्रविधि समिति

मा० जयपुरी घर्ती– शिक्षा तथा स्वास्थ्य समिति

मा० भरतकुमार शाह– सार्वजनिक लेखा समिति