२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउन उपराष्ट्रपति पुनको चीनलाई आग्रह



अ+ अ-

उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नो औपचारिक चीन भ्रमण अत्यन्तै फलदायी र सफल भएको बताए । उपराष्ट्रपति पुनको सचिवालयले जारी गरेको एक प्रेस नोटमा भ्रमणले द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र सहयोगलाई थप विस्तार गर्न मद्दत पु¥याएको उल्लेख छ ।

चीन सरकारका उच्चस्तरीय पदाधिकारी तथा सम्बन्धित पक्ष र अन्तराष्ट्रिय समुदायसमक्ष नेपालका आवश्यकतालाई स्पष्टरूपमा राख्नसमेत भ्रमणबाट सफलता मिलेको उल्लेख गर्दै भ्रमणका क्रममा भएका छलफलमा चिनियाँ पक्ष जलविद्युत, कृषि, पर्यटन, जडीबुटी, पूर्वाधार निर्माण, व्यापार, वैदेशिक लगानी, प्रविधि हस्तान्तरण लगायतका क्षेत्रमा पारस्परिक हितका लागि द्विपक्षीय सहयोग र सहकार्यलाई अझै फराकिलो बनाउन सकारात्मक रहेको जनाएको छ ।

उनले भ्रमणको अवसरमा सिचुवान प्रान्तको राजधानी छेन्दुमा आयोजित १७ औँ पश्चिम चीन अन्तराष्ट्रिय मेलामा सहभागी हुनुका साथै द्विपक्षीय उच्चस्तरीय भेटघाट र विभिन्न ऐतिहासिक, सांस्कृतिक र व्यापारिक महत्वका स्थानको अवलोकनसमेत गरेका थिए ।

भ्रमणका क्रममा उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्री महामहिम हु चुङह्वाले छेन्दुमा शिष्टाचार भेट गरे ।

सो अवसरमा उपराष्ट्रपति र चीनका उपप्रधानमन्त्रीबीच नेपाल र चीनबीचको मैत्रीपूर्ण निकट सम्बन्धका विविध पक्षमा कुराकानी भएको प्रेस नोटमा उल्लेख छ । भेटमा उपराष्ट्रपतिले नेपालको एक चीन नीतिप्रतिको अविचलित प्रतिबद्धता व्यक्त गर्दै हालैका वर्षमा भएका द्विपक्षीय उच्चस्तरीय भ्रमण तथा सिमावारपार रेल्वे विकास, यातायात तथा पारवहन, बिआरआई जस्ता महत्वपूर्ण समझदारी र सम्झौताबाट दुई मुलुकबीचको ऐतिहासिक, मैत्रीपूर्ण र पञ्चशीलमा आधारित सम्बन्ध थप सुदृढ भएको धारणा व्यक्त गरे ।

उनले उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिनु र भइरहेका सन्धि सम्झौताको कार्यान्वयनलाई तीव्रता दिनु र ‘समृद्ध नेपाल, सुखी नेपाली’को मूल लक्ष्य हासिल गर्नु नै नेपालको प्राथमिकता रहेको बताए ।

उपराष्ट्रपतिले नेपालको व्यापार घाटा कम गराउनका लागि नेपालको उत्पादन क्षमता विस्तार गर्न, तातोपानी, कोदारी, हिल्सा र ओलाङ्चुङ गोला नाका खोल्न, सडक निर्माण र ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउन आग्रह गरेका थिए ।

उनले चिनियाँ पर्यटकको सङ्ख्या वृद्धि गरी नेपालको पर्यटन क्षेत्रको विकासमा सहयोग पु¥याउन चिनियाँ पर्यटन व्यवसायी एवं उद्यमीलाई अनुरोध गर्नुभयो ।

साथै हिमालय वारपार बहुआयामिक सम्पर्क सन्जालको बृहत्तर फ्रेमवर्क्भित्र रही सहयोग अभिवृद्धि गर्न दुवै देश प्रतिबद्ध रहेकाले चिनियाँ सहयोगको लागिपनि उहाँले जोड दिए ।

यस्तै उपराष्ट्रपतिसँग चिनियाँ कम्युनिष्ट पार्टीका सिचुवान प्रान्त सचिव पेङ छिङह्वाले शिष्टाचार भेट गरे ।

सो अवसरमा उपराष्ट्रपति पुनले नेपालसँग भौगोलिक, सांस्कृतिकरूपले निकट तथा सिधा हवाई सम्पर्कले जोडिएको पश्चिमी चीनको आर्थिक तथा यातायात केन्द्रका रूपमा विकसित भइरहेको सिचुवान प्रान्तको विकास, आधुनिक प्रविधिको प्रयोग र सम्पर्क सञ्जालका योजनाबाट दुवै मुलुक लाभान्वित हुन सक्नेमा जोड दिए ।

उनले नेपालमा वैदेशिक लगानी मैत्रीपूर्ण वातावरण भएकाले चिनियाँ लगानी वृद्धि र प्रविधि हस्तान्तरणका लागि अनुरोध गरे ।