३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

चिया उद्याेगकाे सम्भावना खाेज्न फेरि कार्यदल

चिया उद्याेगकाे सम्भावना खाेज्न फेरि कार्यदल
अ+ अ-

काठमाडौँ, १० असोज – चिया उद्योग क्षेत्रमा देखिएका सम्भावनाको पहिचान गर्न र यस उद्याेगले भाेग्नु परिरहेका समस्या समाधानका लागि सरोकारवाला पक्षको संलग्नतामा सरकारले उच्चस्तरीय कार्यदल गठन गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सचिव महेशप्रसाद दाहालको अध्यक्षतामा कार्यदल गठन गरेको हो । कार्यदललाई कार्य प्रारम्भ भएको मितिले दुई महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्ने समयसीमा तोकिएको छ ।

नेपालमा खासगरी झापा, माेरङ, इलाम, ताप्लेजुङ, धनकुटा, तेह्रथुम जिल्लामा चियाखेती गरिन्छ । व्यक्तिगत, सरकारी र सहकारीका माध्यमबाट अहिले चियाखेती भइरहेकाे छ । चिया उद्याेगमा खासगरी सिजनमा चियाकाे पत्तीकाे मूल्य कम हुने, चिया उद्याेगले खरिद नगर्ने तथा स्थानीय उद्याेगीले चियाकाे उचित मूल्य नपाउनेजस्ता समस्या छन् ।

चिया उद्याेगमा कार्यरत कामदारले समेत ज्याला अपूग भएर पटकपटक अान्दाेलन गरेकाे वर्षाैं भइसक्याे । चिया उद्याेगमा काम गर्ने मजदूरले न्यूनतम ज्याला समेत नपाएर दुःख भाेगिरहेका छन् ।

नेपालमा मुख्यतः अर्थाेडक्स र सीटीसी चिया उत्पादन हुने गरेकाे छ । चिया तथा कफी विकास बाेर्डका अनुसार सन् २०२२ सम्ममा २ कराेड ७० लाख केजी अर्थाेडक्स चिया बाह्य मुलुकमा निर्यात हुनेछ । साथै चिया क्षेत्रले करिब १ लाखलाइ राेजगारी दिनेछ ।

कार्यदलमा चिया उद्योगसँग सम्बद्ध सङ्घीय मन्त्रालय र प्रदेश नं १ का सामाजिक विकास मन्त्रालय, ट्रेड युनियन, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चिया उत्पादक सङ्घका प्रतिनिधिसहित चिया क्षेत्रका विज्ञ सदस्य रहेका छन् ।

कार्यदलले चिया क्षेत्रको दीगो विकास गरी चिया उद्योगलाई आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रुपमा स्थापित गर्न विद्यमान कानूनी, संस्थागत तथा व्यवहारिक समस्या र चिया व्यवसायी तथा श्रमिकको चासो र सरोकारलाई ध्यान दिई आगामी दिनमा सरकारले अवलम्बन गर्नुपर्ने नीतिगत सुधार समेटी प्रतिवेदन पेश गर्ने जिम्मेवारी तोकिएको श्रम मन्त्रालयले जनाएको छ ।

कार्यदलले आवश्यकताअनुसार कार्य समूह गठन गर्न सक्ने व्यवस्था गरिएको छ । उक्त कार्य समूहमा चिया व्यवसायीका अतिरिक्त चिया क्षेत्रमा कार्यरत ट्रेड युनियनका प्रतिनिधि सहभागी हुन सक्नेछन् ।

चियालाई व्यावसायिक उद्यमका रुपमा विकास गर्न सरकारी तहबाट कानूनी, संस्थागत र संरचनागत व्यवस्था हुँदै आएको उल्लेख गर्दै मन्त्रालयले कार्यदल गठनपछि चिया क्षेत्रमा हाल देखा परेका द्विविधा तथा अन्योल समाधान हुने विश्वास व्यक्त गरेको छ ।

साथै मन्त्रालयले चिया क्षेत्रमा तत्काल देखिएका समस्याको समाधान वार्ता तथा छलफलको माध्यमबाट खोज्नसमेत मन्त्रालयले सम्बद्ध सबै पक्षलाई आह्वान गरेको छ ।