७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

कांग्रेस महाधिवेशन : पाल्पाका दुई निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व

कांग्रेस महाधिवेशन : पाल्पाका दुई निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व
अ+ अ-

रामपुर (पाल्पा) । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पाल्पामा दुई निर्वाचन क्षेत्रको अधिवेशन सकिएको छ । यहाँ भएको निर्वाचनमा क्षेत्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।
       
नेपाली कांग्रेस क्षेत्र नं १ पाल्पाको सभापतिमा झमनबहादुर राजमगर निर्वाचित हुनुभएको छ । राजमगरले सभापतिका लागि भएको मतदानमा उहाँका प्रतिस्पर्धी विष्णुबहादुर बोमरेललाई पछि पार्दै ४४९ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी बोमरेलले १३० मत प्राप्त गर्नुभएको छ । 

क्षेत्रीय कार्यसमितिका लागि सभापति र खुल्ला सदस्यका लागि मतदान भएको थियो । अन्य पदाधिकारी भने निर्विरोध चयन भएको छ । सचिवमा कपिलबहादुर खाँण र मधु पराजुली निर्विरोध चयन हुनुभएको हो । 

त्यस्तै, सहसचिवमा जङ्गबहादुर दर्लामी र दीपक अर्याल, खुल्ला महिला सदस्यमा पार्वती न्यौपाने, खस आर्यमा सदस्यमा तिलकबहादुर मल्ल, आदिवासी जनजाति खुल्ला सदस्यमा केशवकुमार ढेङ्गा र बमबहादुर सिञ्जाली, आदिवासी जनजाति महिला सदस्यमा नरदेवी थापा र रुमाकला राना, दलित खुल्ला सदस्यमा क्षेत्रबहादुर नेपाली निर्विरोध र मुस्लिम सदस्यमा जुनु सेख निर्विरोध चयन हुनुभएको छ ।

खुल्लातर्फको तीनजना सदस्यका लागि भएको मतदानमा महादेव खड्का ३५२ मत, दलबहादुर थापा ३४२ मत र मधुसूदन पोखरेल ३१५ मतसहित निर्वाचित हुनुभएको हो । प्रतिस्पर्धी भेषराज सापकोटाले २२४ मत र विष्णुप्रसाद गौतमले २४२ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ ज्ञानबहादुर गाहा ४८९ मत, रमणबहादुर थापा ४४४ मत, देवराज ढकाल ४२६ मत, सन्तोषकुमार थापा ४२९ मत, कृष्णप्रसाद अधिकारी ३७६ मत, दानबहादुर पछाई ३६३ मत, कल्प पौडेल ३२५ मत, शालिकराम पाण्डे ३१३ मत, लक्ष्मण भट्टराई ३०९ मत र खगेश्वर पाठक ३०३ मतसहित निर्वाचित हुनुभएको छ । 
       
महाधिवेशन प्रतिनिधिका प्रतिस्पर्धीहरु डिल्लीराज रेग्मीले २११ मत, नवीन थापाले १४२ मत, राम शाहले २२१ मत, रामचन्द्र नेपालले १५४ मत, लक्ष्मण बस्यालले ३०० मत, विजयराज घिमिरेले २१३ मत र शंकर खनालले २८८ मत प्राप्त गर्नुभएको छ ।

खुल्ला महिलातर्फ पवित्रा पौडेल ढकाल ४४८ मत विष्णुमायाँ ढकाल ४४० मत, गङ्गा पँगेनी ३४६ मत र दुर्गादेवी भण्डारी ३१३ मतसहित निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी विष्णुदेवी आचार्यले २८२ मत, तारा रसाइलीले २५३ मत प्राप्त गर्नुभएको छ ।  
       
खस आर्य खुल्लामा खिमबहादुर क्षेत्री (पुरुषोत्तम) ३३४ मतसहित निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी ऋषिराम भट्टराईले ११४ र कृष्णप्रसाद शर्मा पौडेलले १०७ मत प्राप्त गर्नुभयो ।

कूल  ६१८ मत खसेकामा आदिवासी जनजाति खुल्लामा सन्दीप राना ५१० मत, पूर्णकुमार सोती ४२१ मत, विष्णुकुमार थापा ३९९ मत र दिलबहादुर ढेङ्गा ३८७ मतसहित चयन हुनुभएको छ । प्रतिस्पर्धी बोमबहादुर थापाले ३३२ मत प्राप्त गर्नुभएको थियो । 

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा दलित खुल्लातर्फ तीनजना प्रतिस्पर्धीमध्ये अर्जुन विक २५६ मतसहित निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी अर्जुन विश्वकर्मा ९सुनार०ले १८९ मत, एकबहादुर सार्कीले ७९ मत र भीमबहादुर सुनारले २२ मत प्राप्त गर्नुभएको छ । 

केन्द्रीय महाधिवेशन प्रतिनिधिअन्तर्गत आदिवासी जनजाति महिलामा नरिसरा गाहा, मुना थापा र सीमादेवी थापा, खस आर्य महिलामा विजयकुमारी भट्टराई र मुस्लिम समुदायबाट हजुलदिन मियाँ महाधिवेशनमा निर्विरोध चयन हुनुभएको छ । 

क्षेत्र नं २ को सभापतिमा जिसी विजयी

नेपाली कांग्रेस क्षेत्र नं २ को क्षेत्रीय सभापतिमा मुक्तिराम जिसी विजयी हुनुभएको छ । जिसीले ४६० मत प्राप्त गरी विजयी बन्नुभएको छ । उहाँको प्रतिस्पर्धी यादवसिंह कार्कीले २१४ मत प्राप्त गर्नुभएको छ । कूल ७०४ मत खसेकामा पदाधिकारी भने निर्विरोध निर्वाचित भएका छन् । 

यस्तै, केन्द्रीय महाधिवेशन प्रतिनिधि खुल्लातर्फ वीरबहादुर राना ५४४, हिमालदत्त श्रेष्ठ ५२३, कृष्णप्रसाद बस्याल ४९०, झपेन्द्र गहिरे ४८७, मेजरसिंह केसी ४७३, लालकुमारी राना ४३८, शङ्कर रायमाझी ४३०, विधानप्रसाद श्रेष्ठ ४२४ र यमलाल तिमिल्सिनाले ४२१ मत प्राप्त गर्नुभएको छ ।

रामेश्वर पन्थी ३४४, राम कार्की ५१४, सुनिता अधिकारी ४९८, शान्ता बोहोरा ४८६, धनकला गाहा ४५३, केन्द्रीय महाधिवेशन प्रतिनिधि ९आदिवासी जनजाति खुल्लातर्फ० राजेन्द्रगोपाल सिंह ५०६, कृष्णबहादुर राना ४९०, नलबहादुर राना मगर ४८५ र केन्द्रीय महाधिवेशन प्रतिनिधि दलिततर्फ लक्ष्मण हिताङ ४३७ मतसहित विजयी हुनुभएको छ ।

जिल्ला अधिवेशन मङ्सिर १० गते हुने मिति निश्चित भएसँगै नेपाली कांग्रेस पाल्पाको सभापति पदका लागिसमेत तयारी अगाडि बढेका छन् । यस पटकको महाधिवेशनमा जिल्लामा पुराना तथा नयाँ पुस्ता चुनिएर आएका छन् । रासस