२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलानको काम तीव्र



अ+ अ-

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले भारतबाट निर्वाध रुपमा पेट्रोलियम पदार्थ नेपाल भित्रियोस् भन्ने चाहेको बताए । उनले नेपाली जनताको सुविधाका लागि निर्वाध रुपमा पेट्रोल पठाउन मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलानको काम तीव्र गतिमा भइरहेको बताएका हुन् ।

उनले भने, ‘अहिलेसम्म ट्याङ्करमार्फत तेल आयात भइरहेको छ । प्राकृतिक विपद्को बेला पेट्रोलियम पदार्थ आयात गर्न समस्या हुन्छ । त्यसैले भारतीय आयल कर्पोरेशनको ३२२ करोड भारतीय रुपैयाँको लगानीमा पाइप लाइन निर्माण भइरहेको छ ।’

नेपाल भ्रमणमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा उद्घाटन गरेको उक्त ६९ किलोमिटर पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको समीक्षा गर्न आफू नेपाल भ्रमणमा आएको उनले बताए । मन्त्री प्रधानले पाइपलाइनबाट तेल आउन थालेपछि भारत र नेपालको सम्बन्ध अझै उचाइमा पुग्ने विश्वाससमेत व्यक्त गरे ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले पाइपलाइनबाट पेट्रोलियम पदार्थको आयात हुन थालेपछि पेट्रोलियम पदार्थका क्षेत्रमा देखिएका समस्या र झन्झट हट्ने दाबी गरे । अन्तराष्ट्रियस्तरको परियोजनाका रुपमा सबैभन्दा पहिले अमलेखगन्ज–मोतिहारी पाइपलाइनको काम सम्पन्न हुने मन्त्री यादवको भनाइ छ । उनले भने, ‘तीन वर्षभित्र परियोजना निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि अहिले जुन गतिमा काम भइरहेको छ । यसले एक वर्षमा पाइपलाइन निर्माणको काम सम्पन्न हुन्छ ।’

उनले पाइपलाइनबाट तेल आउन थालेपछि सबै प्रकारको झमेलाबाट मुक्त हुनुको साथै पेट्रोलियम पदार्थको मूल्यसमेत घट्ने बताए । मन्त्री यादवले ग्यास आउने पाइपलाइनको समेत सम्भाव्यता अध्ययन भइरहेको जानकारी गराए । जनकपुर आउनुअघि दुवै मन्त्रीले धनुषाको धनुषाधाममा ‘चालक तालीम केन्द्र’ को उद्घाटन गरेका थिए ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव र भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री प्रधानले संयुक्त रुपमा जानकी मन्दिरमा पूजाअर्चना गरेका थिए ।