२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठौँ राष्ट्रिय खेलकूद मङ्सिरमा नहुने



अ+ अ-

काठमाडौँ, १५ असोज (रासस) ः आगामी मङ्सिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सरेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्ड बैठक आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणाका लागि अहिले नुवाकोटको ककनीमा जारी छ ।

आगामी मङ्सिर २१ देखि २९ सम्म मध्यपश्चिममा गर्ने तय भएको आठौँ राष्ट्रिय खेलकूदका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण नसकिएका कारण खेल सार्नुपरेको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले जानकारी दिनुभयो ।

बोर्ड बैठकले आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति तय गर्नुका साथै संशोधनको प्रक्रियामा रहेको राष्ट्रिय खेलकूद विकास ऐन २०४८ बारे छलफल हुने सदस्य सचिव विष्टले जानकारी दिनुभयो ।

परिषद्का अध्यक्ष तथा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको उपस्थितिमा बोर्ड बैठक ककनीस्थित स्काउट हलमा जारी रहेको राखेप स्रोतले जनाएको छ । बैठक मङ्गलबारसम्म चल्नेछ । बैठक स्रोतका अनुसार आठौँ राष्ट्रिय खेलकूदको मिति करीब दुई महिना पर सार्ने विषयमा छलफल केन्द्रित छ ।

एएफसी अध्यक्ष र एन्फाबीच छलफल

एसियाली फुटबल महासङ्घ (एएफसी) का अध्यक्ष सेख सलमान बिन इब्राहिम अल खलिफा र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)बीच आज नेपाली फुटबलको विकासका बारेमा छलफल भएको छ ।

तीन दिने नेपाल भ्रमणमा आउनुभएका अध्यक्ष सेख सलमान बिन इब्राहिम अल खलिफाले आज एन्फा पदाधिकारीसँग एन्फा कम्प्लेक्स सातदोबाटोमा भेट गर्दै लामो समयदेखि अवरुद्ध लिग फुटबल सञ्चालन गरेको एन्फालाई धन्यवाद दिनुभएको प्रवक्ता किरण राईले राससलाई बताउनुभयो ।

एन्फा पुग्दा एएफसी अध्यक्षलाई एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत पदाधिकारीले स्वागत गरेका गर्नुभएको थियो । सो अवसरमा एन्फाले वर्तमान नेपाली फुटबलका चुनौती र आगामी दिनको कार्ययोजना प्रस्तुत गरेको थियो ।

सन् २०१३ को विशेष साधारणसभामा सलमान एएफसीको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ विश्व फुटलब महासङ्घको सदस्य पनि हुनुहुन्छ ।