७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

पाँचथर कांग्रेस सभापतिमा जबेगू विजयी

पाँचथर कांग्रेस सभापतिमा जबेगू विजयी
अ+ अ-

पाँचथर । नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको सभापतिमा रुपनारायण जबेगू विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी सुरेन्द्रकुमार दाहाललाई २०० बढी मतान्तरले पराजित गर्दै जबेगू सभापति निर्वाचित हुनुभएको हो ।

गएराति सम्पन्न मतगणनाअनुसार जबेगू ६३४ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । दाहालले भने ४१६ मत प्राप्त गर्नुभयो । उपसभापति पदमा भने वृजहाङ आङदेम्बे र डिकेन्द्रकुमार चेम्जोङ विजयी हुनुभएको छ । आङदेम्बे ६२५ र चेम्जोङ ४५१ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । 

सचिव पदमा दीपक नेपाल ५२७ मत र डेकेन्द्रकुमार तामाङ ४७० मत प्राप्त गर्दै विजयी हुनुभएको छ । सचिव पदमा धनराज तुम्बापोले ४१४, सुवराज थापाले ३७७ र एकराज नेम्वाङले १५६ मत प्राप्त गर्नुभएको छ । यस्तै सहसचिव पदमा ६०८ मत प्राप्त गर्दै सन्तोष श्रेष्ठ र ४९९ मत प्राप्त गर्दै गजेन्द्र राई विजयी हुनुभएको छ । सहसचिव पदमा धनसिंह नेम्वाङले ४३० र कृष्णकुमार फियाकले ३७० मत प्राप्त गर्नुभएको छ ।

यस्तै निर्वाचन भएका जिल्ला सदस्य पदमा गणेशप्रसाद पोखरेल, विजयहाङ आङदेम्बे, धनकुमार लावती, देउकुमार योङहाङ र शशीराज आङदेम्बे विजयी हुनुभएको छ । 

यस्तै विमला हाङसरुम्बा, राजकुमार नेम्वाङ, रमेशभगत प्रधानाङ्ग, दिला खेवाङ, मविन्द्र योङया, चन्द्रकुमार आङदेम्बे, वीरेन्द्रकुमार शेर्मा, डिलेन्द्रकुमार शेर्मा, लिला राई, मनकुमारी शेर्मा, गोविन्दबहादुर फुयाल विजयी हुनुभएको छ । बाँकी जिल्ला कार्यसमितिका सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन् । रासस