९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह

श्रीपेच सोमबार सार्बजनिक हुने

श्रीपेच सोमबार सार्बजनिक हुने
अ अ+ अ-

काठमाडौं– शाहवंशमा राजाले लगाउने श्रीपेच आउँदो सोमबार (असोज २९) बाट सर्वसाधारणलाई अवलोकनका लागि खुल्ला गरिने भएको छ। नारायणहिटी दरबार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन्।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार श्रीपेचका साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरबार, झारी, चमरलगायत सामग्री पनि अवलोकनका लागि राखिने छ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीपेच राखिने कक्षको उद्घाटन गरेसँगै सर्वसाधारणका लागि पनि सो कक्ष खुल्ला गरिने दाहालले बताए। विभागका महानिर्देशक दाहालकै संयोजकत्वमा गठित समितिले असोजभित्र श्रीपेचलाई प्रदर्शनीमा राख्न दिएको सुझावसहितको प्रतिवेदनका आधारमा नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो व्यवस्था गर्न लागेको हो।

अवलोकनका लागि राखिने श्रीपेच पूर्वराजा विरेन्द्रका लागि तयार गरिएको थियो। काठमाडौंका प्रेमलाल श्रेष्ठले २०२८ सालमा सो श्रीपेच तयार गर्ने जिम्मा लिएका थिए। राजाहरूले राज्यारोहण, राज्याभिषेक, छोरीको कन्यादान गर्ने बेला, युवराज्ञीलाई भित्र्याउँदा र तस्बिर खिचाउने बेला श्रीपेच लगाउने चलन थियो।

शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले २०५८ साल जेठ २२ गते राज्यारोहणका दिनबाहेक छोरी प्रेरणाको विवाहमा पहिरिएका थिए।

२०६५ साल जेठ २९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले दरबार छाडेसँगै श्रीपेचलाई दरबारको सैलुन कक्षमा राखिएको थियो। सो कक्षभित्र श्रीपेचलाई १३ वटा लाहाछाप लगाइ बन्द बाकसभित्र राखिएको छ भने कक्ष बाहिरको ढोकामा १० वटा लाहाछाप लगाइएको छ। सो कक्ष बाहिर चौबिसै घण्टा नेपाली सेनाले सुरक्षा दिँदै आएको छ।

कसरी गरिँदैछ श्रीपेचको सुरक्षा

सरकारले गत आर्थिक वर्ष २०६८/६९ को बजेट कार्यक्रममा नै श्रीपेचलाई प्रदर्शनीमा राख्ने घोषणा गरेको थियो। तर, सुरक्षाको कारण देखाउँदै श्रीपेचलाई सार्वजनिक रुपमा प्रदर्शनीमा राखिएको थिएन।

करिब ६ वर्षपछि मात्रै आवश्यक सुरक्षा प्रबन्ध गरी श्रीपेचलाई अवलोकनका लागि राख्न लागिएको हो। जसका लागि सुरक्षाका ७ वटा तह निर्धारण गरिएको बताइएको छ। श्रीपेचको सुरक्षाका लागि केही वर्षअघि नै बुलेट प्रुफ सिसासहितको सोकेस तयार गरिएको थियो। नेपाली सेनाको कालीबहादुर गणका सेनाले सोकेसको परीक्षण गर्ने क्रममा १६ फिट टाढाबाट गोली प्रहार गर्दा सिसा सामान्य रुपमा चर्किएको मात्र थियो।

यसपटक सोही सोकेसमा श्रीपेचलाई राखिने संग्रहालयले बताएको छ।

नारायणहिटी दरबार सङग्रहालय २०६५ फागुन १६ गतेबाट सर्वसाधारणले पनि अवलोकन गर्न पाउँछन्। पछिल्लो एक दशकमा संग्रहालयमा २९ लाख १४ हजार ७ सय १७ जनाले अवलोकन गरेको सङग्रहालयले जनाएको छ।