१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपावलीकाे राैनक शुरू (तस्वीरमा)



अ+ अ-

विक्रम संवत् २०७५ काे दीपावली पर्व अाजैदेखि शुरू भइसकेकाे छ । रङ, फूल र बत्तीकाे यस महान पर्वमा देशैभर बेग्लै उत्साह छाउँछ । देउसी, भैली र गीत नृत्यले गाउँघर उज्यालाे हुन्छ । यसै पर्वकाे पूर्वसन्ध्याका केही तस्वीर हेराैं ।

धादिङको निलकण्ठ नगरपालिका वडा न.ं १ पात्लेमा ब्यवसायिक सयपत्री फूल । तिहारमा बिक्री गर्न बारीबाट फूल टिपेर काठमाडौँ लाने तयारी गर्दै फूल खेती गर्ने कृषक शेरबहादुर गुरुङ र उनको परिवार । तस्वीर ः सीताराम अधिकारी, धादिङ, रासस

 

तिहारको पहिलो दिन सोमबार रमेश दुलाल ‘कागे’ रत्नपार्कस्थित शान्ति वाटिकामा आयोजित काग सम्मेलनमा काग बोलाउदै । १७३ जीव जनावर तथा चराचुङङगीको आवाज निकाल्ने दुलालले विगत १४ वर्षदेखि काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आएका छन । तस्वीर ः नवीन पौडेल, रासस

 

सप्तरङगी टीका बिक्री गर्दै
काठमाडौँको कोटेश्वरमा सोमबार भाइ टीकाको लागि सप्तरङगी टीका बिक्री गर्दै बालिका । तस्वीर ः चन्द्रकला क्षेत्री, रासस

 

 

तिहारका लागि किनमेल
काठमाडौँको जमलमा सोमबार लक्ष्मीपूजाका लागि कमलको फूल किनमेल गर्दै स्थानीय । तस्वीर ः चन्द्रकला क्षेत्री, रासस

 

बैतडीको देहिमाडौँ बजारमा तिहारमा बिक्रीका लागि राखिएका फूलमालाहरु । तस्वीर ः विनोद सिंह विष्ट, बैतडी, रासस