१० भाद्र २०८३, बुधबार
,
Latest
सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटन क्षेत्रमा लगानी गर्न नेपाल मुख्य गन्तव्य – उपाध्यक्ष ढकाल



अ+ अ-


काठमाडौं, २० कात्तिक (रासस)-नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तब्य रहेको बताउनुभएको छ ।
चाइना एड्भेन्चर टुरिजम फोरमद्वारा मंगलबार राजधानीमा आयोजित ‘हिमालयन समीट’ कार्यक्रममा उहाँले नेपाल प्राकृतिक र सांस्कृतिक धरोहरको अद्वितीय केन्द्र रहेको बताउँदै सगरमाथा, उच्च हिमशृङ्खला र बुद्व जन्मस्थल लुम्बिनीमा संसारका पर्यटकहरूको मुख्य आकर्षण रहेको बताउनुभयो ।
यस्ता प्रचुर सम्भावना नेपालका अरु कैयौँ स्थानमा रहेको स्मरण गर्दै चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष समेत रहेका ढकालले नेपालमा हाल स्थीर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण हुदै गएकोले पर्यटन, पूर्वाधार निर्माण र सेवा क्षेत्रमा लगानी गर्न विश्वका लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो ।
नेपालको धार्मिक र सांस्कृतिक पर्यटनको प्रवद्र्धन गर्न नेपालको नीजि क्षेत्र सवैसँग सहकार्य गर्न सदैव तयार रहेको बताउनुभयो । उहाँले ढकालले प्रशस्त रोजगारीका अवसरहरू सिर्जना गर्न पर्यटन उद्योगको विकासमा सबैको ध्यान जानुपर्ने कुरामा जोड दिनुभयो ।
नेपाल र चीनवीच प्राचीनकालदेखि नै रहीआएको ऐतिहासिक र सांस्कृतीक सम्बन्धको स्मरण गर्दै उहाँले नेपालको उत्तरी छिमेकी राष्ट्र चीनबाट आउने पर्यटकहरूको संख्यामा वृद्वि हुँदै गएकोमा खुसी व्यक्त गर्नुभयो ।
उक्त सम्मेलनमा चिनीयाँ र नेपाली पर्यटन क्षेत्रमा लगानी गरेका लगानीकर्ताहरु र प्रतिनिधि सहित करिव १०० जनाको सहभागिता रहेको छ ।