१ श्रावण २०८३, शुक्रबार
,
Latest
उपत्यका डुबानः मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह बजेट पारित नभए पनि सुदूरपश्चिममा राजस्व सङ्कलन जारी तीन वटा प्रज्ञा प्रतिष्ठानको सिफारिस समिति सदस्यमा छ जना मनोनित नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बढ्यो राष्ट्र बैंकलाई आधुनिक र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यकः अर्थमन्त्री डा. वाग्ले राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि अर्थ समितिमा छलफलः स्वायत्तता, समावेशिता र संरचनागत सुधारमा सांसदहरूको जोड युवा ऐन संशोधन विधेयकमा सरोकारवालासँग छलफल, विश्व अभ्यास र नेपाली अनुभव समेटिने पाैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा नेपालमा भिलको विस्तार: प्रविधिमार्फत क्रिएटर र ब्रान्डलाई जोड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जनताको अपेक्षाअनुसार काम गर्न सफल भएको छु’ – चिरिबाबु



अ+ अ-

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जनताको अपेक्षाअनुसार काम गर्न सफल भएको दाबी गरेका छन् । काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै मेयर महर्जनले जनताको अपेक्षाअनुसार आफूले काम गरिरहेको स्पष्ट पारे । उनले भने, ‘आजको मितिले हाम्रो कार्यकाल डेढ वर्ष पुगेको छ, यो समयमा हामीले अपेक्षाअनुसारको प्रतिफल हाँसिल गर्न नसकेपनि अरुकोभन्दा धेरै राम्रा काम गरिरहेका छौं, सय नम्बरमा ६० नम्बर पाउनेगरि काम गरेका छौं, यो वर्षको अन्तिमसम्म हामीले ८० नम्बर पाउनेगरि काम गर्छौं ।’

मेयर महर्जनले स्थानीय तहको कानून, कर्मचारी समायोजन लगायतका विषयहरुले चुनावि घोषणा अनुसारको काम गर्न नसकेको स्विकार गरेका छन् । उनले भने,‘चुनावी घोषणापत्रका अनुसार काम गर्न सकिएको छैन्, १८÷२० वर्षदेखि काम गर्दै आएका कर्मचारीको बानी बदल्नु भनेको महाभारतको लडाईजस्तै भैरहेको छ, जनप्रतिनिधिलाई सहयोग गर्ने र जनताको सेवा गर्नुपर्छ भावना कर्मचारीमा कम छ, करारमा भएपनि कर्मचारी राखेर जनताको सेवा गर्ने र महानगरपालिकाको विकास गर्नेमा हामी प्रतिवद्ध छौं ।’

मेयर महर्जनले ललितपुर महानगरपालिका ‘हस्तकला नगरी’ भएको बताउँदै साना, मझौला र ठूला उद्योगको कोणबाट उत्पादनमासमेत अघि रहेको जिकिर गरे । उनले भने, ‘हाम्रो महानगर ‘हस्तकला नगरी’ हो । यहाँ प्रत्येक घरमा उद्योगको उपस्थिति छ, मेरै पहलमा ललितपुरलाई विश्वको ३५ औं ‘हस्तकला नगरी’ घोषणा गराउन हामी सफल भएका छौं । अन्य विश्वसम्पदा सूचिमा रहेका धार्मिक तथा पर्यटकीय स्थलहरु छन्, भूकम्पको कारण प्रायः सम्पदाहरुको पूननिर्माण गर्नुपर्ने हाम्रो मुख्य चुनौती हो, केही मन्दीरहरु मित्र राष्ट्रको आर्थिक सहयोगमा बन्दैछन्, केही सम्पदाहरु नेपाल सरकार र स्थानीय सरकारको सहयोगमा बन्दैछन् ।’ उनले ललितपुरभित्र पूर्ननिर्माणका कामहरु तिव्र गतिमा अघि बढाईएको पनि विश्वास दिलाए ।

नेपाल विद्युत प्राधिकरणसँग मिलेर महानगरपालिकाभित्रका मुख्य सडकहरुमा ‘स्मार्ट स्ट्रिट लाईट’ जोड्न लागेको पनि उनले जनाए । महर्जनले भने, ‘हामीसँग प्राविधिक जनशक्तिको अभाव छ । त्यही भएर विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङजीसँगको सल्लाहबमोजिम हामी यो कामलाई अघि बढाउँछौं । अब हामी चाँडै नयाँ टेण्डरको आह्वान गरेर काम थाल्छौं । र, यसको साथसाथै सिसिटीभी जडानको कामलाई पनि हामी तिव्रताका साथ सम्पन्न गर्छौं ।’

उक्त ‘स्मार्ट लाईट’ बाट बाटोको साईज, यात्रुको अवस्था र सवारीसाधनको अवस्थालगायत सबै कुरा ‘अटोमेटिक’ जान्न सकिने उनको भनाई छ । त्यस्तै ललितपुर महानगरभित्र रानीपोखरीभन्दा पुरानो तिम्बाहल पोखरी निर्माण भएरपनि पर्यटकहरु घुम्ने अवस्था भैसकेको उनले जनाए । महर्जनले बर्षौदेखि मान्न छोडिएका नाँचहरुसमेतलाई अहिले पुनः सूचारु गरिएको बताए ।