५ आश्विन २०८१, शनिबार
,
Latest
कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ भारतको मणिपुरमा म्यानमाबाट नौ सय सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेको सुचना, सीमाक्षेत्रमा उच्च सतर्कता सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले पाकिस्तानी सुपर लिग खेल्ने



अ+ अ-

काठमाडौँ, ४ मंसिरः नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।

आज भएको खेलाडी छनोट (अक्सन)मा सन्दीपलाई पिएसएल क्लब लाहोर कालान्दरले किनेको हो । सन्दीपले लाहोरबाट न्यूनतम ५० लाखदेखि ७० लाख प्राप्त गर्नेछन् ।

सन्दीपको टोलीमा दक्षिण अफ्रिकाका चर्चित ब्याटसम्यान एबिडी भिलियर्स, पाकिस्तानका फकर जमान, साहिद अफ्रिदी, यासिर शाह, कार्लोस ब्रेथवेटजस्ता विश्वचर्चित खेलाडी खेलाडी रहेका छन् । आगामी फागुन ५ देखि चैत ३ गतेसम्म हुने प्रतियोगितामा छ क्लबले सहभागिता जनाउनेछन् ।

पिएसएलमा आबद्ध भएसँगै सन्दीप नवौँ विदेशी लिगमा आबद्ध भएका छन् । सन्दीप अघिल्लो वर्ष पनि पिएसएलको ड्राफ्टमा भए पनि उनलाई कुनै पनि टोलीले चासो देखाएका थिएनन् । अघिल्लो वर्ष दिल्लीमा सनसनीपूर्ण डेब्यु गर्दै तीन खेलमा पाँच विकेट लिएका सन्दीपले त्यसपछि ग्लोबल टी–२० क्यानाडा लिगमा मोन्ट्रियल टाइगर्सबाट खेलेका थिए ।

त्यस्तै क्यारेबियन प्रिमियर लिग (सिपिएल) सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेल कौशल प्रदर्शन गरेका सन्दीपले यसै साता सम्पन्न अफगानिस्तान प्रिमियर लिगमा एक खेल खेलेका थिए । लामिछाने बङ्गलादेश र युएईको लिगमा समेत अाबद्ध भइसकेका छन् ।