• ३१ असार २०८१, सोमबार
  •      Mon Jul 15 2024
  •   Unicode
Logo

बीपीको विद्रोह सार्वजनिक



काठमाडाैं, ७ मंसिर । पत्रकार जगत नेपालले बीपीको विद्रोह नामक कृति बजारमा ल्याएका छन् । बीपीको जीवनीमा आधारित रहि लेखिएको उक्त कृतिकाे शुक्रबार पूर्व राष्ट्रपति डा. रामवरण यादवले सार्वजनिक गर्नुभयाे । राजधानीमा आयोजित एक कार्यक्रमबीच सो पुस्तक सार्वजनिक गरिएको हो ।

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको राजनीतिक लडाइँ, मेलमिलापकाे नीति लगायतका विविध पक्षलाइ पुस्तकमा समेटिएकाे छ । नेपालमा प्रजातन्त्र स्थापनाका लागि बीपीले गरेको सङ्घर्ष, चालेको कदम, उनको विद्रोही चेत र विद्रोहका क्रममा उनले झेल्नुपरेका अनेक संकटका बारेमा प्रकाश पारिएकाे छ ।


बीपीलाई नेपाली साहित्य जगतमा नौलो परम्परा र शैलीका प्रबर्तक समेत मानिएको छ ।  उक्त पुष्तकमा बीपी स्वयंले उजागर नगरेका वा उजागर गर्न बाँकी रहेका तथ्यहरुलाई एकत्रित गरेर चिरफार गर्ने प्रयास गरिएको लेखक नेपालले बताएका छन् । कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईसहित राजनीतिक विश्लेषक डा हरि शर्मा, शिक्षाविद् केदारभक्त माथेमा, डा ज्ञानु पाण्डेलगायतले पुस्तकमाथि टिप्पणी गरेका थिए ।  पुस्तक बाह्रखरी बुक्सले प्रकाशन गरेको हो ।