२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठगी गर्ने १२ पेट्रोल पम्प कारवाहीमा



अ+ अ-

काठमाडौँ, १० मङ्सिर – नेपाल गुणस्तर तथा नापतौल विभागले पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ वटा पेट्रोलपम्पलाई कारवाही गरेको छ ।

विभागले पछिल्लो एक महीनाको अवधिमा सफ्टवयर प्रविधिको प्रयोग गरी दुईदेखि पाँच प्रतिशतसम्म पेट्रोलियम पदार्थमा ठगी गर्ने १२ पेट्रोलपम्पलाई कारवाही गरेको हो ।

कारवाही पर्नेमा विजय आयल स्टोर कलैया बारा, ममता आयल स्टोर कलैया बारा, स्वस्थानी आयल स्टोर बरीयापुर बारा, अमित आयल स्टोर बारा, शङ्कर आयल स्टोर बारा, न्यू बगलामुखी आयल स्टोर स्वयम्भू काठमाडौँ, शङ्कर पेट्रोलियम रुपन्देही, रिया आयल सप्लायर्स कपिलवस्तु, खुश्बु फ्यूल सप्लायर्स ओखलढुङ्गा, हरिओम आयल स्टोर बारा, जयविकास आयल स्टोर बारा, लुम्बिनी लोटर्स आयल स्टोर रुपन्देही रहेका छन् ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सफ्टवयर प्रविधिको माध्यमबाट व्यापक मात्रामा उपभोक्ता ठगी गर्ने पेट्रोलपम्पलाई कारवाही गरिएको बताउनुभयो । “कारवाही गरिएका पेट्रोलपम्पलाई नगद रु ३० हजार, तीन वर्ष कैद र पेट्रोल पम्प शिलबन्दी गरेका छौँ”, उहाँले भन्नुभयो । (रासस)