१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाको बाढीपछि उच्च सतर्कता अपनाउन सभापति थापाको आग्रह रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान रसुवामा बाढीपछि १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा सुरक्षा निकाय परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठक फेरि स्थगित



अ+ अ-


न्युजपोलार समाचारदाता
काठमाडौं, १० मंसिर । नेकपा सचिवालय बैठक फेरि स्थगित भएको छ । सोमबार बस्ने भनिएको बैठक अन्तिममा आएर स्थगित भएको हो । केन्द्रीय कमिटी सदस्यहरुको कार्य बिभाजनको गृहकार्य अपुग भएको भन्दै नेकपलाको केन्द्रीय सचिवालय बैठक स्थगित भएको जानकारी सोमबार बिहान गराइएको हो । आइतवार दिनभरी गृहकार्य गरेर सोमवार सचिवालय बैठकले केन्द्रीय सदस्यहरुको कार्य्बिभाजन टुंगो लगाउने भनिएको थियो ।
नेताहरुको रुचि, आवश्यकता र विषय विज्ञताका आधारमा कार्य बिभाजन गर्नुपर्ने भएकाले समय लिएको स्रोतले जनाएको छ । तर ४४१ सदस्यीय केन्द्रीय कमिटीका सदस्यहरुको कार्य बिभाजनको लागि गृहकार्य अपुग भएपछि सचिवालय बैठक एक दिन सरेको हो ।सचिवालय स्रोतका अनुसार बहुसंख्यक केन्द्रीय सदस्यहरुलाई भूगोलको काममा खटाइने भएको छ । पोलिटव्यूरो गठन गरेरमात्र केन्दीय कमिटीको कार्य बिभाजन गर्न केही नेताहरुले भने पनि अध्यक्षद्वय केपी ओली र प्रचण्डले तत्काल पोलिटव्यूरो गठनतिर चासो नदिएको एक नेताले बताए ।
नेकपाको केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी सम्हालिरहेका नेता कृष्णगोपाल श्रेष्ठले अहिले केन्द्रीय सदस्यहरुको कार्य बिभाजन सचिवालयले टुंगो लगाएपछि स्थायी कमिटी बैठक बस्ने जानकारी आफूले पाएको बताए । उनले पोलिटव्यूरो गठन अहिले नहुने जानकारी दिए ।