१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला प्रकरणः डा. केसीको तीन हप्ते अल्टिमेटम



अ+ अ-

काठमाडौं । प्रा. डा. गोविन्द केसीले सरकारलाई तीन हप्ते गतेसम्मको अल्टिमेटम दिएका छन् । नभए आमरण अनसन बस्ने उनले बताए ।

सोमबार पत्रकार सम्मेलन गरी डा. केसीले १० साउनमा भएको सहमति कार्यान्वयनसँगै निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गरे ।

साथीको घर गएकी कञ्चनपुरकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । तर, अझैसम्म हत्यारा पत्ता लागेको छैन ।

सरकारले अपराधीलाई कारबाही गर्नुको साटो ढाकछोप गर्न र जनताको आवाज थुन्न लागिपरेको भन्दै उनले आलोचना गरे ।

चिकित्सा शिक्षाका लागि आन्दोलन गर्दै आएको तपाईको मागमा नयाँ मुद्दा पनि थपिएको हो भन्ने प्रश्नमा डा. केसीले भने, ‘म पनि नेपाली नागरिक हुँ । यो आवाज उठाउनु मेरो नैसर्गिक अधिकार हो ।’

उनले अघि भने, ‘केही अगाडि नै बोल्नुपथ्यो । ढिलो भयो भन्ने लाग्छ ।’

उनले १० साउनमा आफूसँग भएको सहमतिअनुसार चिकित्सा विधेयक संशोधन गरेर पास गर्नुपर्ने, गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले दोषी देखाएकाहरुलाई कारबाही गर्नुपर्ने, काठमाडौं विश्वविद्यालयले बढाएको एमबीबीएसको शुल्क फिर्ता गर्नुपर्ने लगायतका माग पनि राखेका छन् । (साभारः अनलाइनखबर)