२७ भाद्र २०८३, शनिबार
,
Latest
बाँदर-बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्मला प्रकरणः डा. केसीको तीन हप्ते अल्टिमेटम



अ+ अ-

काठमाडौं । प्रा. डा. गोविन्द केसीले सरकारलाई तीन हप्ते गतेसम्मको अल्टिमेटम दिएका छन् । नभए आमरण अनसन बस्ने उनले बताए ।

सोमबार पत्रकार सम्मेलन गरी डा. केसीले १० साउनमा भएको सहमति कार्यान्वयनसँगै निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गरे ।

साथीको घर गएकी कञ्चनपुरकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । तर, अझैसम्म हत्यारा पत्ता लागेको छैन ।

सरकारले अपराधीलाई कारबाही गर्नुको साटो ढाकछोप गर्न र जनताको आवाज थुन्न लागिपरेको भन्दै उनले आलोचना गरे ।

चिकित्सा शिक्षाका लागि आन्दोलन गर्दै आएको तपाईको मागमा नयाँ मुद्दा पनि थपिएको हो भन्ने प्रश्नमा डा. केसीले भने, ‘म पनि नेपाली नागरिक हुँ । यो आवाज उठाउनु मेरो नैसर्गिक अधिकार हो ।’

उनले अघि भने, ‘केही अगाडि नै बोल्नुपथ्यो । ढिलो भयो भन्ने लाग्छ ।’

उनले १० साउनमा आफूसँग भएको सहमतिअनुसार चिकित्सा विधेयक संशोधन गरेर पास गर्नुपर्ने, गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले दोषी देखाएकाहरुलाई कारबाही गर्नुपर्ने, काठमाडौं विश्वविद्यालयले बढाएको एमबीबीएसको शुल्क फिर्ता गर्नुपर्ने लगायतका माग पनि राखेका छन् । (साभारः अनलाइनखबर)