२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किन बस्न सकेन सचिवालय बैठक ? प्रचण्ड नै भए दिक्क



अ+ अ-

न्युजपोलार समाचारदाता
१२ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक हिजो पनि स्थगित भयो । नियमित बस्ने भनिएको सो बैठक हिजो तेस्रो पटक अन्तिममा आएर रोकिएको बताइएको छ । पार्टी भित्र छलफल हुनुपर्ने माग यसअघि पनि निकै लामो समयदेखि पार्टीभित्रैबाट उठ्दै आएको हो । पार्टी केन्द्रीय कमिटी बैठक माग गर्दै ८ बुँदे ज्ञापनपत्र बुझाएका २२ केन्द्रीय सदस्यहरुले सचिवालय बैठक किन नबसेको भनी प्रश्न पनि गर्ने गरेका छन् । यसरी प्रश्न उठेको भए पनि अझै बैठक बस्न सकेको छैन । ती सदस्यहरुले भने पार्टीका अध्यक्ष प्रचण्डसँग मंगलवार भएको भेटमा प्रचण्डले बैठक बस्न नसकिरहेको भन्दै लाचारी व्यक्त गरेको एक नेताले बताए । उनका अनुसार अध्यक्ष प्रचण्ड आफैं असन्तुष्ट देखिए । पार्टी सचिवालय बैठक बस्नुपर्ने भन्दै गुनासो लिएर भेट्न गएका केन्द्रीय सदस्यहरुबीच अध्यक्ष प्रचण्ड आफैंले गुनासो फर्काएका छन् । पार्टीको केन्द्रीय सचिवालय बैठक समेत बस्न नसकिरहेको भन्दै उनले खोई किन हो आफूले पनि भन्न नसक्ने अवस्था दर्साएका थिए । एकजना नेताले भने त्यसपछि त हामीमा पनि दिक्दारी आएको छ उहाँले किन बैठकको टुंगो गर्न सक्नुभएन भन्ने बारमा हामीहरु पनि निकै दुःखी भएका छौँ ।
प्रचण्डको भनाइ उधृत गर्दै ती नेताले भने–तपाईंहरुका माग र गुनासा जायज नै छन् । अबको बैठकका एजेण्डा पनि यिनै हुन् । तर बैठक नै बस्न सकिरहेको छैन । प्रधानमन्त्रीको व्यस्तताले पनि होला । बैठक नै बस्न नसकिने, खै के खै के जस्तो भइरहेको छ । सोमवारै केन्द्रीय सचिवालय बैठक बस्ने भनिएको थियो । सो बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन तथा प्रदेश कमिटीहरुको टुंगो लगाउने भनिएको थियो । उता नेकपा नेताहरुले भने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक सार्ने गरेको आरोप लगाएका छन् । उता बुधबारै सार्वजनिक एक कार्यक्रमअनुसार नेकपा सचिवालयको बैठक बुधवार अपरान्ह ४ बजे बोलाइएको छ । तर पनि अन्तिम समयमा आएर भने प्रधानमन्त्रीको समय नमिलेमा बैठक स्थगित हुन सक्ने स्रोतले जनाएको छ ।