४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

पप्पुकै कारण रोकियो हुलाकी राजमार्ग पनि

पप्पुकै कारण रोकियो हुलाकी राजमार्ग पनि
अ+ अ-

–काशीराम शर्मा
बाँके, १२ मङ्सिर: पप्पु लुम्बिनी जेबी कन्ट्रक्सनको नाममा ठेक्का रहेको बहुप्रतिक्षित हुलाकी राजमार्गअन्तर्गत बाँके खण्डको काम ठप्प भएको छ । नेपालगञ्जदेखि कटकुइयाँसम्मको ४४ किलोमिटरको हुलाकी सडक निर्माण ठेक्का पाएको पप्पु र सरकारबीच सम्बन्ध बिग्रिएसँगै निर्माणको काम प्रभावित भएको छ । पप्पुले यो ठेक्का रु ६० करोडमा गणपति कन्ट्रक्सनलाई दिएको छ ।

गणपतिले काम गरे पनि सरकारसँगको ठेक्का पप्पुकै नाममा रहेकाले हुलाकी सडकको काम प्रभावित भएको छ । पप्पुले देशका अन्यत्र काम गर्दा गरेको बदमासीको भरणपोषण यहीबाट गर्ने गरी केन्द्रबाट पत्र आएपछि जेठदेखि हुलाकी सडक कार्यालयले पैसा रोकेको छ । सरकारले पैसा रोकेसँगै पप्पुले गणपतिलाई आवश्यक रकम दिन नसक्दा निर्माण प्रभावित बनेको छ ।

सरकार र पप्पुबीचको लडाइँका कारण सदरमुकामसँग सडक सञ्जालमा जोडिने राप्तीपारिका बासिन्दाको सपना टाढा धकेलिएको छ । पैसा नपाएको भन्दै काम रोकेको गणपति कन्ट्रक्सनका प्रमुख तुलसीराम भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यका कारण हुलाकी सडकको काम रोकिएको छ ।” हुलाकी सडकको २०७४ माघमा ठेक्का लागेको थियो ।

ठेक्का सम्झौताअनुसार २०७६ साउनमा काम सक्नुपर्ने सम्झौता छ । “जेठदेखि भुक्तानी पाएका छैनौँ । कतैकतै अहिले पनि मुआब्जाको विवाद कायमै छ”, गणपति कन्ट्रक्सनका प्रमुख भण्डारीले भन्नुभयो, “सरकारले अहिले पनि भुक्तानी दिने हो भने हामीले साउनसम्ममा काम सम्पन्न गर्छौं ।” स्थानीय मुस्ताक अहमदले भन्नुभयो, “बल्ल बल्ल अगाडि बढेको हुलाकीको काम पनि रोकियो ?”

सन् २००७ मा भारतले हुलाकी बनाउने सम्झौता गरेको थियो । सन् २०१० मा आएर काम शुरु ग¥यो । पाँच वर्षमा पाँच प्रतिशत पनि काम नगरेर भारतीय ठेकेदार फरार भयो । त्यसपछि बल्ल सरकारले हुलाकीको काम अघि बढाएको थियो । यी सबै घटनाक्रम हेरिरहेका राप्तीपारिका स्थानीयले शुरु भएको काम रोकिँदा फेरि काम अलपत्र पर्ने हो कि भन्ने चिन्ता गरेका छन् ।

हुलाकी सडक कार्यालयका इञ्जिनीयर सुरेश चौधरीले पप्पुले विराटनगरमा बदमासी गरेकाले त्यो रकम यताबाट असुल्न पैसा रोकिएको बताउनुभयो । हुलाकी सडकलाई नपार्न जिल्लाका सांसद लागिपरेका छन् । सांसद महेश्वर गहतराजले सरकार र पप्पुको विवादले जनता पिल्सिन नहुने बताउनुभयो । “धान मुसा खान्छ, चोट भ्यागुताले पाउनु हुँदैन”, सांसद गहतराजले भन्नुभयो ।

सांसद गहतराजले ठेक्का प्रक्रियामा देखिएको समस्याको गाँठो छिटो फुकाएर काम अघि बढाउनुपर्ने बताउनुभयो । ४४ किलोमिटर टाढा रहेका नरैनापुरका बासिन्दालाई सडक राम्रो नहुँदा सदरमुकाम आउन दिनभरि लाग्छ । नरैनापुर गाउँपालिकाका प्रमुख मो इस्तियाक अहमद साहले हुलाकीको काम छिटो सञ्चालन गर्न माग गर्नुभएको छ ।

“माथिको विवादसँग हामीलाई सरोकार छैन, यहाँ काम रोकिनु हुँदैन”, उहाँले भन्नुभयो, “छिटो काम थाल्नुस् ।” हुलाकी सडक नबन्दा अहिलेसम्म राप्तीपारिको जनता सदरमुकामसँग जोडिन सकेका छैनन् । सडक नहुँदा बघौडा क्षेत्र जिल्लाको कर्णाली भनेर चिनिन्छ । भारतसँग सीमा जोडिएका नरैनापुरवासी धेरै कारोवार भारततिर नै हुने गरेको छ ।

पप्पुको धरौटी जफत

पप्पु कन्स्ट्रक्सनले धरौटीबापत बैंकमा राखेको रु नौ करोड ९० लाख सरकारले जफत गर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिक्टा सिँचाइ आयोजनाको डुडुवा शाखा नहर निर्माणको काम समयमा गर्न नसकेकाले उसले जमानतको रुपमा बैंकमा राखेको धरौटी रकम जफत हुने भएको हो । निर्माण कम्पनीले काम गरेकोभन्दा पेश्कीबापत लगेको रकम धेरै भए त्यो पनि फिर्ता गर्नुपर्ने हुन्छ ।

कामको मूल्याङ्कनका लागि पप्पुलाई पत्राचार गर्ने तयारी भइरहेको सिक्टा सिँचाइ आयोजनाका डिभिजनल इञ्जिनीयर प्रकाशबहादुर कार्कीले बताउनुभयो । उहाँका अनुसार, निर्माण कम्पनीले काम गरेको भन्दा बढी रकम लगेको भए फिर्ता गर्नुपर्ने प्रावधान छ । डुडुवा शाखा नहर निर्माणमा ढिलाइ गरेपछि सरकारले पप्पु कन्स्ट्रक्सनको ठेक्का सम्झौता रद्द गरेपछि बोलपत्रमार्फत पुनः ठेक्का सम्झौता हुने भएको छ ।

सिक्टा सिँचाइ आयोजनाका अनुसार डुडुवा शाखा नहर निर्माणका लागि पप्पुले रु आठ करोड ३७ लाख पेश्की लिइसकेको छ । डुडुवा शाखा नहर निर्माणको जिम्मा पाएको पप्पुले ठाउँठाउँमा नहर खनेकाले मूल्याङ्कन गर्न गाह्रो भएको बताउनुभयो । “ठाउँठाउँमा काम भएकाले यकिन गर्न गाह्रो छ । कति प्रतिशत काम भएको छ भन्ने मूल्याङ्कनपछि मात्र थाहा हुनेछ”, उहाँले भन्नुभयो ।

पप्पुले डुडुवा नहर प्रणाली निर्माणको काम २८ महीनामा सक्ने गरी ठेक्का लिएको थियो । अवधि पूरा हुँदासम्म करीब सात प्रतिशत काम गरेपछि ठेक्का सम्झौता रद्द गरिएको आयोजनाका डिभिजन इञ्जिनीयर कार्कीले स्पष्ट पार्नुभयो । “हामीसँग सम्झौता भएको समयमा जम्मा सात प्रतिशत मात्रै काम भएपछि मन्त्रिपरिषद्ले ठेक्का तोड्ने निर्णय गरेको हो”, उहाँले भन्नुभयो ।

डुडुवा नहर निर्माणको काम २०७३ जेठदेखि शुरु गरी ४ पुस, ०७५ मा पूरा गर्ने लक्ष्य थियो । पप्पुले २३ दशकलब २ किलोमिटर डुडुवा नहर निर्माण र सिक्टाको मूल नहरलाई डुडुवा शाखा नहरसँग जोड्न रु ९८ करोड ८१ लाखमा ठेक्का पाएको थियो । नहर निर्माणपछि त्यस क्षेत्र आसपासका १६ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्ने विश्वास गरिएको छ ।

“पप्पुले समयमै काम नगरिदिएका कारण उक्त आयोजनाको काम थप दुई वर्ष पछाडि धकलिएको छ”, कार्कीले भन्नुभयो  । यसैबीच, प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गतको मूल नहरमा पानी छाड्न सरकारलाई निर्देशन दिए पनि आगामी वर्षात्सम्म पानी छोड्न नसकिने आयोजनाका डिभिजनल इञ्जिनीयर कार्कीले बताउनुभयो ।

उहाँले मूल नहरमा पानी छोड्नासाथ भत्किने गरेकाले मर्मत नहुँदै पानी छोड्न नसकिने स्पष्ट पार्नुभयो । “कारण पत्ता नलाग्दै मर्मत हुन सक्दैन । मर्मत नहुँदै पानी छोड्न मिल्दैन”, उहाँले भन्नुभयो । बाँकेको ४२ हजार हेक्टर जमीनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना निर्माणमा ढिलाइ भएपछि यहाँका ६५ हजार कृषक मारमा परेका छन् ।

मूल नहरमै कमजोरी भएपछि बाँकेका कृषकले आगामी वर्षे धानका लागिसमेत आकासे पानीको भर पर्नुपर्ने भएको छ । “कुन आधारमा मर्मत गर्ने अझैँ टुङ्गो लागेको छैन”, उहाँले भन्नुभयो, “वर्षे धानका लागिसमेत नहरमा पानी छोड्न सक्ने सङ्केत छैन ।” पूर्वी नहर र सिंधनिया शाखा नहरमा काम जारी रहेको छ । डुडुवा नहर निर्माणको काम निर्धारित समयमा पूरा गर्न नसकेपछि पप्पु कन्ट्रक्सनसँगको ठेक्का सम्झौता तोडिएको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ । (रासस)