१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा उपराष्ट्रपति यादवसँग सार्क महासचिवको शिष्टाचार भेट महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन कांग्रेसको कलहः होला त पुसमा महाधिवेशन ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सचिवालय बैठक सम्पन्न, बिहीबार फेरि बस्ने



अ+ अ-

काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेकाे नेकपा सचिवालयको बैठकले प्रदेश कमिटीका सदस्यहरूकाे नाम टुङ्गाे लगाएकाे छ ।

यसअघि तीन पटकसम्म स्थगित बैठक आज साँझ बसेकाे हो । बैठकले केन्द्रीय समितिको कार्यविभाजन, प्रदेश तथा जिल्ला समितिहरु गठन गर्ने कार्ययोजना रहेको थियाे ।

बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड, वरिष्ट नेता माधव कुमार नेपाल र झलनाथ खनाल, महासचिव विष्णु पौडेल लगायतको सहभागिता थियाे ।

नेकपाको सचिवालय बैठकले सात वटै प्रदेश कमिटीको एकीकरणलाई पूर्णता दिने निर्णय गरेकाे छ । तथापी बैठकले केन्द्रीय समितीको सदस्यहरुको कार्य विभाजन र जनवर्गीय संगठनको एकीकरण सम्बन्धमा कुनै निर्णय गर्न सकेन।

जिल्ला समितिहरुको मुख्य व्यक्तिको चयन गर्ने समेतका कार्यहरू जतिसक्दाे चाँडाे गर्न छलफल भएकाे पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयाे । उहाँले बैठक भोलि फेरि  बस्ने र  बाँकी रहेका सबै काम टुंग्याइने जानकारी दिनुभयाे ।