४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जोर बिजोरले राजधानीकाे यातायात अस्तव्यस्त

जोर बिजोरले राजधानीकाे यातायात अस्तव्यस्त
अ+ अ-

काठमाडौं, १३ मंसिर । काठमाडौमा हुन लागेको एसिया प्यासिफिक समिटलाई लक्षित गरेर सरकारले लगाएकाे जाेर बिजोरले राजधानीकाे ट्राफिक अस्तव्यस्त भएकाे छ ।

राजधानीमा अाज बिहानैदेखि सार्वजनिक यातायातका सवारी साधनकाे पर्खाइमा अाम मानिस बाटामा देखिन्थे । तर सडकमा थाेरै मात्र गाडी कुदेका छन् । अाज बिजाेर नम्बरका सवारी साधनकाे पालाे हाे ।

अाम जनतालाइ सास्ती दिनेगरी भएकाे याे व्यवस्थाकाे उल्लङ्घन गर्नेहरूलाइ प्रहरीले कारबाही गरेकाे छ । प्रहरीले ठाउँठाउँमा त्यस्ता सवारी बाटामा देखिए लाइसेन्स खाेस्ने र जताबाट अाएकाे हाे उतै फर्काइदिने गरेकाे छ ।

स्कुल र कलेजका बस चलेका भएपनि सार्वजनिक बसमा चढ्ने विद्यार्थीलाइ अति कस्ट भएकाे छ ।

बिहीबार युथ कंग्रेस नेपालले विज्ञप्ति जारी गर्दै मंसिर १३ गते देखि १६ गतेसम्मका लागि घोषणा गरिएको जोर बिजोरको व्यवस्थाप्रति आपत्ति जनाएको थियाे ।

राज्यको कार्यक्रम नभई अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रमका लागि राज्यले जनतालाई दुःख दिन खोज्नु आफुहरुलाई मान्य नभएको युथ कंग्रेसको भनाई छ ।

युथ कंग्रेसका राष्ट्रिय संयोजक सचिन तिमल्सेनाद्धारा जारी विज्ञप्तीमा भनिएको छ, “राज्यसँग सम्वन्धीत कार्यक्रमका लागि मुलुकबासीले हरेक पटक जस्तोसुकै कष्ट सहेकै हो । तर अहिले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजना गरेको आफैमा विवादित र शंकास्पद सम्मेलनका निम्ति आम नेपाली जनताले किन सास्ती बेहोर्ने ?”

अन्तर्राष्ट्रिय गैससले आयोजना गरेको कार्यक्रमका लागि लागु गरिएको जोर विजोर प्रणालीलाई युथ कंग्रेसले राज्यको गैरजिम्मेबार कदम भनेको छ ।

सरकारको निर्णयलाई आफुहरुले अबज्ञा गर्ने घोषणा गर्दै युथ कंग्रेसले आम जनसमुदायलाई पनि जोरविजोर प्रणालीको अवज्ञा गर्न आह्वान गरेको छ । “जिम्मेबार राज्यले गर्न नसुहाउने, रहस्यमय, शंकास्पद र अस्वभाविक यो निर्णयको अबज्ञा गर्नुहुन हामी आम जनसमुदायमा पनि आह्वान गर्दछौ,” विज्ञप्तीमा लेखिएको छ ।

“आफुलाई खरो राष्ट्रवादी देखाउन खोज्ने केपी ओली नेतृत्वको सरकारले गैरसरकारी संस्थाको कार्यक्रमका लागि जवरजस्त लाद्न खोजेको यस निर्णयको अवज्ञाका क्रममा हुने अप्रिय घटनाप्रति सरकार नै जिम्मेबार हुनु पर्ने चेतावनी पनि दिन चाहन्छौं,” तिमल्सेनाद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

उहाँले प्रश्न गर्नुभएको छ, “आफैमा विवादित र शंकास्पद सम्मेलनका निम्ति आम नेपाली जनताले किन सास्ती व्यहोर्नुपर्ने ?” सामाजिक सुरक्षा योजनासँगै नयाँ युग सुरु भएको बताएको ओली सरकारलाई यस्ता निर्णयले गिज्याईरहेको युथ कंग्रेसको टिप्पणी छ ।

विज्ञप्तीमा लेखिएको छ, “ओली सरकारले मर्यादा भुलेर अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको चाकडीका लागि लागु गरेको जोर विजोर प्रणालीको अबज्ञा गरौँ ।”

आउँदो शुक्रबार (मंसिर १४ गते)देखि १७ गते सम्म काठमाडौमा हुन लागेको एसिया प्यासिफिक समिटमा विभिन्न देशका विशिष्ट व्यक्तिहरु आउने भएकाले यातायात व्यवस्थापनका लागि भोली बिहीबार देखि १६ गते सम्म राजधानी काठमाडौमा जोर गते जोर नम्मरका सवारी साधन र विजोर गते विजोर नम्मरका सवारी साधान चलाउन पाईने व्यवस्था गरेको छ ।